२९ भदौ २०८३, सोमबार | September 14, 2026

अमेरिकी राष्ट्रपति चुनाव बाइडेनले जित्ने निश्चित, बाइडेनका पक्षमा २६४ इलेक्टोरल मत



न्यूयोर्क । अमेरिकी राष्ट्रपति चुनाव बाइडेनले जित्ने निश्चित भएको छ । ब्याटलग्राउण्ड राज्य मिसिगनमा  बाइडेनले जीत हात पारेका छन् । यो जीत संगै बाइडेनले राष्ट्रपति चुनाव जित्ने  भएका हुन । बाइडेनका पक्षमा २६४ इलेक्टोरल मत पुगेको छ ।

यस्तै नेभाडा डेमोक्र्याट्सहरुको पकड राज्य भएकाले नेभाडा जित्ने निश्चित भएकाले नेभाडासहित बाइडेनका पक्षमा २७० इलेक्टोरल मत प्राप्त हुने देखिएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव जित्न २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

उता बाइडेनले पेन्सिलभेनिया जितेमा २९० इलेक्टोरल मत प्राप्त हुनेछ । तर बाइडेनलाई चुनाव जित्न अब पेन्सिलभेनिया जित्न आवश्यक छैन । आफ्नै पकड रहेको नेभाडा जिते पुग्छ । नेभाडाबाट ६ इलेक्टोरल मत प्राप्त हुन्छ । उता नेभाडाबाहेक पेन्सिलभेनिया, जर्जिया र नर्थ क्यारोलिना जित्दा पनि ट्रम्पले २७० इलेक्टोरल मत प्राप्त नगर्ने देखिएको छ ।

त्यस्तै रिपब्लिकनको पकड रहेको अलास्कामा ३ इलेक्टोरल मत रहेको छ । अक्टोबर २९ पछाडि हुलाकबाट मतपत्र पठाएर हालिएका मत र अग्रिम मतदानमा सहभागी भएर हालिएका मतहरु अलास्कामा अर्कोसातामात्र गणना गरिनेछ । त्यसैले अलास्काको पूर्ण मतपरिणाम सार्वजनिक हुन समय लाग्नेछ ।

उता पेन्सिलभेनियामा हुलाकमार्फत प्राप्त मतहरु गणना भइरहेको छ । नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतपत्रहरु गणना गर्नुपर्नेछ । त्यसैले अन्तिम घोषणा त्यतीबेलासम्म नहुने देखिएको छ । अहिले नर्थ क्यरोलिनामा ट्रम्पले अग्रता कायम गरिरहेका छन् ।

जर्जियाको मतगणना आजै समाप्त हुने अपेक्षा गरिएको छ । त्यहाँ ट्रम्पले अग्रता कायम गरिरहेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ६ : २८ बजे

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको