२ जेष्ठ २०८२, शुक्रबार | May 16, 2025

अमेरिकी राष्ट्रपति चुनाव बाइडेनले जित्ने निश्चित, बाइडेनका पक्षमा २६४ इलेक्टोरल मत



न्यूयोर्क । अमेरिकी राष्ट्रपति चुनाव बाइडेनले जित्ने निश्चित भएको छ । ब्याटलग्राउण्ड राज्य मिसिगनमा  बाइडेनले जीत हात पारेका छन् । यो जीत संगै बाइडेनले राष्ट्रपति चुनाव जित्ने  भएका हुन । बाइडेनका पक्षमा २६४ इलेक्टोरल मत पुगेको छ ।

यस्तै नेभाडा डेमोक्र्याट्सहरुको पकड राज्य भएकाले नेभाडा जित्ने निश्चित भएकाले नेभाडासहित बाइडेनका पक्षमा २७० इलेक्टोरल मत प्राप्त हुने देखिएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव जित्न २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

उता बाइडेनले पेन्सिलभेनिया जितेमा २९० इलेक्टोरल मत प्राप्त हुनेछ । तर बाइडेनलाई चुनाव जित्न अब पेन्सिलभेनिया जित्न आवश्यक छैन । आफ्नै पकड रहेको नेभाडा जिते पुग्छ । नेभाडाबाट ६ इलेक्टोरल मत प्राप्त हुन्छ । उता नेभाडाबाहेक पेन्सिलभेनिया, जर्जिया र नर्थ क्यारोलिना जित्दा पनि ट्रम्पले २७० इलेक्टोरल मत प्राप्त नगर्ने देखिएको छ ।

त्यस्तै रिपब्लिकनको पकड रहेको अलास्कामा ३ इलेक्टोरल मत रहेको छ । अक्टोबर २९ पछाडि हुलाकबाट मतपत्र पठाएर हालिएका मत र अग्रिम मतदानमा सहभागी भएर हालिएका मतहरु अलास्कामा अर्कोसातामात्र गणना गरिनेछ । त्यसैले अलास्काको पूर्ण मतपरिणाम सार्वजनिक हुन समय लाग्नेछ ।

उता पेन्सिलभेनियामा हुलाकमार्फत प्राप्त मतहरु गणना भइरहेको छ । नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतपत्रहरु गणना गर्नुपर्नेछ । त्यसैले अन्तिम घोषणा त्यतीबेलासम्म नहुने देखिएको छ । अहिले नर्थ क्यरोलिनामा ट्रम्पले अग्रता कायम गरिरहेका छन् ।

जर्जियाको मतगणना आजै समाप्त हुने अपेक्षा गरिएको छ । त्यहाँ ट्रम्पले अग्रता कायम गरिरहेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ६ : २८ बजे

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरू भएको सगरमाथा

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : अध्यक्ष प्रचण्ड

डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पूर्व खेलाडीहरुको संगठनलाई देशब्यापी विस्तार गरिने

नेपालगन्ज । नेपालगन्जमा गठन भएको पूर्व खेलाडी समाज बाँकेले देशभरका

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

काठमाडौँ । हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण

गभर्नर नियुक्तिमा ढिलाइ हुँदा आर्थिक क्षेत्रमा नकारात्मक असर पर्छ : अध्यक्ष प्रचण्ड

बैतडी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’