१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

ग्लोबल आइएमई बैंकको एकै दिन २ नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा



काठमाडौ । ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३१ पुगेको छ ।

बैंकले भोजपुरको जिल्लाको सदानन्द गाँउपालिका वडा नं. ११,झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा ङंदिरा घले र धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. ७, हाथमुण्डामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा धर्मेन्द्र कुमार महतोलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१वटा जिल्लामा फैलिएको २६१ शाखा सञ्जाल सहित २३७ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालय मार्फत आफ्ना २१लाख भन्दा बढि ग्राहकहरुमा सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ६ : ०३ बजे

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय

सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको