१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत



विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ ।

विमानका यात्रुको सुविधा र हितलाई ध्यानमा राखी निर्माण भइरहेको नयाँ भवन प्रविधिमैत्री र अत्याधुनिक रहनेछ ।

सन् १९५८ मा सञ्चालनमा आएको उक्त विमानस्थलको निर्माण कार्य भारतीय सरकार र कोरिया सरकारले सहयोगमा भएको थियो । झण्डै ६८ वर्ष पूरा गरेको उक्त विमानस्थलका टर्मिनललगायतका भौतिक संरचना भूकम्परहित बनाउने उद्देश्यले विसं २०७९ पुसमा रु तीन अर्ब १२ करोड लागतमा निर्माण सुरु गरेको थियो ।

तीनतले सो भवन १८ हजार वर्गमिटरको रहेको विमानस्थल कार्यालयका सूचना अधिकारी सञ्जीव खड्काले जानकारी दिए। कुल १२२ बिघा क्षेत्रफलमा रहेको विमान स्थलको ‘रनवे’ एक हजार ७७५ मिटर लम्बाइको छ ।

उक्त विमानस्थलमा हाल दैनिक २० देखि २५ वटा उडान हुने गरेको उनले बताए । विसं २०८३ पुसभित्रमा सम्पन्न गर्ने लक्ष्यकासाथ निर्माण कम्पनीले पछिल्लो समय द्रुतगतिमा काम गरिरहेको छ ।

हाल पाँच वटा जहाज पार्किङ गर्न सकिने उक्त विमानस्थलको नयाँ टर्मिनलसँगै निर्माणपछि सात वटा जहाजलाई पार्किङ गर्नसक्ने क्षेत्र विस्तार गरिने जनाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  २ : ११ बजे

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

काठमाडौं । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस

जनकपुरलाई काठमाडौंले दियो ११६ रनको लक्ष्य, राहुल यादवले लिए चार विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा

विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ

निर्वाचन प्रहरीको पोसाक खरिदबारे संसदीय उपसमिति ‘माइक्रो’ अध्ययनमा

काठमाडौं । निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दाबीसहित सार्वजनिक