१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

डोनाल्ड ट्रम्पलाई सत्ताच्यूत गर्ने निर्णायक राज्य नेभाडाको के छ स्थिति ? जीतको नजिक बाइडेन



न्यूयोर्क । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको ४ बर्षे कार्यकाललाई सत्ताच्यूत गर्न बाइडेन जीतको नजिक पुगेका छन् ।

सवैले चासोको रुपमा हेरिरहेको राज्य नेभाडामा जो बाइडेनले जीतेमा ट्रम्पको ४ बर्षे कार्यकाललाई विदा गरी ह्वाइट हाउस प्रवेशका लागि बाटो खुल्ने छ ।

७५ प्रतिशत मत गणना भइसकेको नेभाडामा बाइडेनले अग्रता कायम गरिरहेका छन् । नेभाडाको बाँकी मत परिणाम अबको केहीघण्टामा मात्र आउने भएको छ । २०१६ को चुनावमा नेभाडामा हिलारी क्लीन्टनले जीतेकी थिइन् ।

नेभाडामा व्यक्ति उपस्थित भएर गरिएका अग्रिम मतदानका सबै मत गणना भइसकेका छन् । त्यस्तै चुनावको दिन हालिएका मत पनि गणना भइसकेका छन् । नोभेम्बर २ सम्म हुलाकबाट प्राप्त मतहरु पनि गणना भइसकेको जनाइएको छ ।

बाँकी मतपत्रहरु गणनाको परिणाम न्युयोर्क समय अनुशार मध्यान्ह १२ बजे सार्वजनिक गरिने भएको छ । नेभाडामा झण्डै ६ लाखले हुलाकमार्फत मतपत्र पठाएर मतदान गरेका छन् ।

यस्तै सबैले व्यग्ररुपमा रहेका बाँकी राज्य नेभाडा, जर्जिया, नर्थ क्यारोलिना र पेन्सिलभेनियाको नतिजा प्रतिक्षा गरिरहेका छन् । नेभाडामा ६, जर्जियामा १६, नर्थ क्यारोलिनमा १५ र पेन्सिलभेनियामा २० इलेक्टोरल मत रहेको छ ।

जर्जियामा मतगणना लगभग समाप्त भएको छ । फुल्टन काउन्टीमा मतगणना समाप्त भएको छ । झण्डै १ लाख ३२ हजार मतगणना गरिएको छ । त्यसको नतिजा न्युयोर्क समय अनुशार विहान ११ बजे सार्वजनिक गरिनेछ ।

अहिलेसम्मको मतपरिणाम अनुसार जर्जियामा डोनाल्ड ट्रम्पले कायम गरिरहेका छन् । तर फुल्टन काउन्टीमा झण्डै ८० प्रतिशत मत बाइडेनका पक्षमा खसेको बताइएको छ । विदेशमा रहेका सेनाका सदस्यले गरेका मतहरु गणना गर्न अझै बाँकी रहेको छ ।

उता नर्थ क्यारोलिनाको पनि पूर्ण नतिजा आउन समय लाग्ने भएको छ । नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतपत्रहरु गणना गर्न सकिनेछ । तर झण्डै ९४ प्रतिशत मतगणना भइसकेको छ । नर्थ क्यारोलिनामा ट्रम्पले अग्रता कायम गरिरहेका छन् ।

पेन्सिलभेनियामा ८९ प्रतिशत मत गणना गरिएको छ भने परिणाम सार्वजनिक गरिएको छैन । थप परिणाम आगामी घण्टाहरुमा आउने बताइएको छ ।

पेन्सिलभेनियामा शुक्रबारसम्म हुलाकबाट आएका मतपत्रहरु गणना गरिनेछ । त्यसैले शतप्रतिशत मत गणनाका लागि शुक्रबारसम्म कुर्नुपर्नेछ । पेन्सिलभेनियामा अझै झण्डै साढे ७ लाख मतगणना गर्न बाँकी रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ९ : ११ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम