७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक, आउलान त ओली !



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद थप पेचिलो बनेको छ ।

सचिवालय बैठक बोलाउने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नभएपछि प्रचण्डले अनौपचारिक बैठक बोलाएका छन् ।कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् ।

बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन्। तर प्रचण्डले बोलाएको वैठकमा प्रधानमन्त्री केपी ओली नजाने भएका छन् । उनले आफ्नो पक्षका सचिवालय सदस्यलाई पनि वैठकमा उपस्थित नहुन निर्देशन दिएको बालुवाटार स्रोतले बताएको छ ।

नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्डबीच केहि दिनयता पुन: गम्भिर असहमति देखिएको छ ।कर्णाली प्रदेश विवाद, भारतीय गुप्तचर प्रमुखसँगको भेट र मन्त्रिपरिषद् विस्तारका विषयमा विवाद बढेको हो । यसअघि गत असारदेखि भदौसम्म पनि विवाद बढेर नेकपा झण्डै फुटको अवस्थामा पुगेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १२ : ५४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई