३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

तान्जानियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा शपथ



एजेन्सी । अफ्रिकी मुलुक तान्जानियाको राष्ट्रपति पदमा निर्वाचित जोन मागुफुलीले बिहीबार कडा सुरक्षाबीच शपथ ग्रहण गरेका छनु । विपक्षीहरुले भने चुनावमा व्यापक धाँधलीको आरोप लगाउँदै पुनः निर्वाचन गराउन माग गरेका छन् ।

राष्ट्रपति मागुफुलीले गएसाता आफू अर्को कार्यकालका लागि उम्मेदवार नहुने बताएका थिए । सत्तारुढ पार्टीले तान्जानियाको संसदको सबैजसो स्थान जितेको छ । संसदले तान्जानियाको संविधान संशोधन गरी दुई पटकभन्दा बढी राष्ट्रपति हुन नपाउने प्रावधान हटाउने बारेमा विचार विमर्श गरेकै अवस्थामा राष्ट्रपति मागुफुलीको यस्तो भनाई आएको हो ।

शपथ कार्यक्रमका अवसरमा राजधानीमा प्रहरी र सेना परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो । तान्जानियाका प्रमुख दुई दल एसिटी वाचालेन्डो र चाडिमाका नेताहरुलाई गैरकानुनी सभा र प्रदर्शन गरेको भन्दै दोषी ठहराइएको छ ।

संयुक्तराज्य अमेरिका र अन्य कतिपय मुलुकले निर्वाचन परिणामप्रति चासो देखाएका छन् । शपथ कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै राष्ट्रपति मागुफुलीले निर्वाचनका अवसरमा व्यक्त प्रतिबद्धतालाई पूरा गर्नेतर्फ आफू र आफ्नोे सरकारले कार्य गर्ने बताए । उनले तान्जानियालाई न्यून–मध्यम–आय भएको मुलुकबाट माथि लैजाने र युवाका लागि रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रपति मागुफुलीले विपक्षीले लगाएको आरोपका बारेमा सम्बोधनका क्रममा केही बताएनन् । उनले अन्य मुलुकमा भएका निर्वाचनमा धाँधली र अराजक स्थिति देखिएको दृष्टान्त दिँदै तान्जानियामा निर्वाचन तुलनात्मक रुपमा शान्तिपूर्ण र राम्रोसँग सम्पन्न भएको बताए ।

उनले रणनीतिक महत्वका परियाजनाहरु सम्पन्न गरेरै छाडने प्रतिबद्धता व्यक्त गरे । तान्जानियाको सबैभन्दा ठूलो वन्यजन्तु संरक्षण केन्द्र र युनेस्को विश्व सम्पदा सूचीमा रहेको स्थानमा विवादास्पद स्टिगलर गोर्ज जलविद्युत आयोजना पूरा गर्ने पनि उनले बताए । –एपी

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १ : ४९ बजे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका