४ पुस २०८२, शुक्रबार | December 20, 2025

आईपीएल २०२० : बेङ्गलाेरलाई हराउँदै हैदराबाद क्वालिफायरमा प्रवेश



काठमाडाैं । युएइमा जारी १३औं संस्करणकाे इन्डियन प्रिमियर लिग  (आईपीएल २०२०) मा सनराइजर्स हैदराबाद विजयी भएकाे छ ।

शुक्रबार भएकाे खेलमा हैदराबादले रोयल च्यालेञ्जर्स बेङ्गलोरलाई ६ विकेटले पराजित गरेकाे हाे । जितसँगै हैदराबादले क्वालिफायर-२ मा दिल्ली क्यापिटल्ससँग फाइनल प्रवेशका लागि भिड्ने भएकाे छ ।

१ सय ३२ रनकाे लक्ष्य पछ्याएकाे हैदराबादले २ बल बाँकी रहँदा पुरा गर्दै ६ विकेटकाे जित हात पारेकाे हाे । हैदराबादकाे जितमा केन विलियम्सन र ज्यासन हाेल्डरले अविजित ५० र २४ रनकाे पारी खेले । यस्तै, मनिष पाण्डेले २४ तथा डेविड वार्नरले १७ रनकाे याेगदान दिए ।

बेङ्गलाेरका माेहम्मद सिराजले २ तथा युजवेन्द्र चाहल र एडम जाम्पाले समान एक-एक विकेट लिए । यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे बेङ्गलाेरले निर्धारित २० ओभरमा १ सय ३१ रन बनाएकाे थियाे । बेङ्गलाेरका लागि एबी डि भिलियर्सले सर्वाधिक ५६ रनकाे पारी खेले ।

यस्तै, आराेन फिन्चले ३२ रन तथा माेहम्मद सिराजले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दाेहाेराे अंकमा रन बनाउन सकेन ।

हैदराबादले आइतबार फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग क्वालिफायर-२ मा खेल्नेछ भने पराजित बेङ्गलाेर प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ६ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको