७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

५ अभागी अमेरिकी राष्ट्रपति जसले एक कार्यकाल मात्रै सम्हाल्न पाए



अमेरिकी राष्ट्रपतिको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । रिपब्लिकन पार्टीको तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट पार्टीको तर्फबाट जो बाइडेनबीच भएको निर्वाचनमा प्राप्त मतपरिणाम निकै रोचक मोडमा पुगेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार जो बाइडन विजय यात्रामा अघि देखिइरहेका छन् ।

राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले जीत हासिल गर्न नसके अमेरिकी राष्ट्रपतिको इतिहासमा फेरि अर्को एउटा नाम थपिने छ । अर्थात, ट्रम्पले आफ्नो राष्ट्रपति करियरको दोस्रो कार्यकायल सम्हाल्न नपाउने अवस्था आउने छ ।

अमेरिकी इतिहासमै सर्वाधिक आलोचित राष्ट्रपति बनेका ट्रम्पलाई उनकै व्यवहारका कारण अमेरिकी जनताले दोस्रो कार्यकालका लागि चयन नगर्ने सम्भावना अब निकट सत्य बन्दै गएको छ । आधिकारिक रुपमा जो बाइडन विजयी बनेसँगै ट्रम्प जर्ज बुस सिनियरपछि दोस्रो कार्यकाल सम्हाल्न नपाउने पहिलो राष्ट्रपति बन्नेछन् । उनी २१औं शताब्दीको पहिलो अभागी अमेरिकी राष्ट्रपति पनि बन्नेछन् ।

अब, प्रश्न उठ्छ, के जर्ज बुस सिनियर र ट्रम्प (अत्याधिक सम्भावना) मात्रै हुन त दोस्रो कार्यकाल सम्हाल्न नपाउने अमेरिकी राष्ट्रपति ? होइनन । अरु पनि छन् । एक कार्यकाल मात्रै सत्ता सम्हाल्न पाएका अमेरिकी राष्ट्रपतिहरु ट्रम्पबाहेक पाँच जना रहेका छन् ।

 

विलियम टाफ्ट


विलियम टाफ्टले अमेरिकाको २७ औं राष्ट्रपतिका रुपमा सेवा गरेका थिए । टाफ्ट सन् १९०९ देखि १९१३ सम्म उनी अमेरिकाको राष्ट्रपति भएका थिए ।

रिपब्लिकन राष्ट्रपति थियोडोर रुजभेल्टको सहयोगमा उनले सन् १९०८ को चुनाव जितेका थिए ।

तर ह्वाइट हाउसमा रहँदा उनको सम्बन्ध थियोडोर रुजभेल्टसँग चिसिदै गएपछि सन् २०१२ को चुनावमा रुजभेल्टले नै टाफ्ट विरुद्ध प्रगतिशिल पार्टीका तर्फबाट उम्मेदवारी दिएका थिए ।

परिणामस्वरुप दुबैले चुनाव हारे, डेमोक्रेटिक उम्मेदबार वुड्रो विल्सनले चुनाव जितेर राष्ट्रपति भए ।

 

हर्बर्ट हुभर


अमेरिकाको ३१ औं राष्ट्रपति हर्बर्ट हुभर पनि दोस्रो कार्यकाल सम्हाल्न नपाउने अभागी राष्ट्रपति हुन् ।

रिपब्लिकन उम्मेदवार हुभरले सन् १९२९ देखि १९३३ सम्म राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेका थिए ।

सन् १९२९ मा उनले कार्यभार सम्हालेलगत्तै अमेरिकाको स्टक मार्केट तहसनहस भएको थिए । त्यसपछि अमेरिका ग्रेट डिप्रेशनतिर अगाडि बढ्यो ।

आर्थिक घाटालाई व्यवस्थित गर्न नसकेको आरोप लागेका हुभरले सन् १९३२ को चुनाव हारे ।

डेमोक्रेटिक उम्मेदबार फ्यांकलिन डी रुजभेल्टले चुनाव जिते ।

 

जेराल्ड फोर्ड

अमेरिकामा ३८ औं राष्ट्रपति जेराल्ड फोर्ड पनि रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति बनेका थिए । फोर्ड चुनावमा नउठीकनै अमेरिकाको उपराष्ट्रपति र राष्ट्रपति बन्न सफल भएका थिए ।

तत्कालिन राष्ट्रपति रिचार्ड निक्सनका उपराष्ट्रपति स्पीरो एग्नीउले असहमति जनाउँदै राजिनामा दिएपछि निक्सनले फोर्डलाई उपराष्ट्रपतिमा नियुक्त गरेका थिए ।

उनको नियुक्ती संसदबाट अनुमोदन गरिएको थियो । वाटरगेट काण्डका कारण निक्सनले राजिनामा दिएपछि फोर्ड अमेरिकाको राष्ट्रपति बनेका हुन् । त्यसपछि फोर्डले राष्ट्रपतिका रुपमा निक्सनले गरेका सबै अपराधका लागि क्षमा समेत दिएका थिए ।

सन् १९७६ को चुनावमा फोर्डलाई पराजित गरेर डेमोक्रेटिक उम्मेदबार जिम्मी कार्टर अमेरिकाको राष्ट्रपति बने ।

 

जिम्मी कार्टर

जेराल्ड फोर्डलाई पराजित गर्दै अमेरिकाको ३९ औं राष्ट्रपति बनेका जिम्मी कार्टर डेमोक्रयाट पार्टीको तर्फबाट दोस्रो कार्यकाल जित्न नसक्ने अभागी राष्ट्रपति हुन् ।

कार्टरले १९७६ मा निर्वाचित भएपछि १९७७ देखि १९८१ सम्म राष्ट्रपतिका रुपमा कार्यभार सम्हाले । उनको कार्यकालमा अमेरिका मुद्रास्फीतीजन्य मन्दीबाट पीडित भयो ।

इरानमा अपहरणमा परेका अमेरिकन नागरिकको असफल उद्दार त्यसमा थपियो । जसका कारण कार्टरले सन् १९८० को चुनावमा रिपब्लिकन उम्मेदबार रोनाल्ड रेगनसँग पराजय व्यहोरे ।

राष्ट्रपतिको कार्यकालपछि कार्टर शान्ति स्थापना र कुटनीतिमा सकृय रहे । जसका कारण उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार समेत पाए । उनको नामको कार्टर सेन्टर अहिले पनि क्रियाशील छ । नेपालमा भएको संविधानसभा निर्वाचनमा कार्टर सेन्टरले अनुगमन गरेको थियो ।

जर्ज बुस सिनियर

जर्ज बुस सिनियर अमेरिकाका ४१ औं राष्ट्रपति हुन् । उनी सन् २००० मा अमेरिकी राष्ट्रपति भएका जर्ज बुसका पिता हुन् ।

१९८८ मा अमेरिकाको राष्ट्रपति निर्वाचित भएका जर्ज बुस सिनियरले सन् १९८९ देखि १९९३ सम्म कार्यभार सम्हाले ।

उनको कार्यकालमा नै अमेरिकाको नेतृत्वमा खाडी युद्ध भयो ।

सैन्य अभियान सफल भएपनि उनको कार्यकालको अन्त्यमा अमेरिकाको अर्थव्यवस्था खस्कियो ।

त्यसपछि उनले सन् १९९२ को चुनावमा बिल क्लिन्टनसँग हारे ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ११ : १५ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा