२८ चैत्र २०८२, शनिबार | April 12, 2026

राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनको पहिलो सम्बोधन : मेरो काम तोड्ने होइन सबैलाई जोड्ने हुनेछ



नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफुले अमेरिकी इतिहासमा अहिलेसम्मकै धेरै मत प्राप्त गरेको बताएका छन् ।

बाइडेनले राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै अमेरिकी जनताले आफुमाथि जताएको भरोसालाई टुट्न नदिने प्रतिवद्धता जनाए ।

विजयी सभालाई सम्बोधन गर्दै बाइडेनले आफुले ७.४ करोड भोट पाएको बताउँदै जनताको विश्वासलाई आफुले विनम्रतापूर्वक स्वीकार गरेको जिकिर गरे ।

सम्बोधनका क्रममा उनले भने, म अमेरिकाको राष्ट्रपति बनेको छु । मलाई भोट दिने मतदाता र भोट नदिने मतदाता सबै अमेरिकी नागरिक हुन् । मैले उनीहरु सबैका लागि काम गर्नेछु । म अब कुनै पार्टीको राष्ट्रपति हैन । सबै सँग मिलेर काम गर्नेछु ।

उनले आफु तोड्ने नभै सबैलाई जोड्ने राष्ट्रपति बन्ने प्रतिवद्धता जनाए । रातो रंगको राज्य या निलो रंगको राज्यको रुपमा आफुले नहर्ने उनले स्पष्ट पारे । रातो रंगले रिपब्लिकनलाई जनाउँछ भने निलोले डेमोक्रयाटलाई जनाउँछ ।

बाइडेनले अफ्रिकी अमेरिकी मतदाताहरुलाई विशेष रुपले धन्या दिए । उनीहरुकै कारण बाइडेन सुरुमा पछि परेपनि विजयी बन्ने बाटो खुलेको थियो ।

बाइडेनले आफ्नो पहिलो काम कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने हुने बताए । यसका लागि उनले सोमबार एक कोर गु्रपको घोषणा गर्दैछन् । वरिष्ठ वैज्ञानिकहरु सामेल सो समहले सन् २०२१ कोे जनवरी २१ देखि काम सुरु गर्नेछ ।

विजय सभालाई उपराष्ट्रपतिमा निर्वाचित पहिलो अमेरिकी महिला कमला ह्यारीसले सम्बोधन गर्दै अमेरिकी महिलाबाट आपु पहिलो उपराष्ट्रपति बनेको र अब यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन ।

उनले आफ्नो जितले सबै अमेरिकी महिलाका लागि असम्भवन भन्ने केही नभएको जिकिर गरिन् । उनले जलवायु परिवर्तनले पारेको असरलाई कम गर्न अमेरिका पुनः सक्रिय रुपमा लागि पर्ने समेत प्रतिवद्धता जनाइन ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ८ : ४२ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख