६ पुस २०८२, आइतबार | December 22, 2025

बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु, रुपन्देहीमा मृतकको संख्या ८० पुग्यो



बुटवल । बुटवलको कोरोना बिशेष अस्पतालमा उपचारत १ जनाको आज बिहान मृत्यु भएको छ । बुटवल १७ का ४५ वर्षीय पुरुषको आज बिहान ६ः०५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

२२ गते स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेको उनीमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसंगै कोरोना बिशेष अस्पतालमा भर्ना गरिएकोमा आज बिहान उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनीमा कोरोना संक्रमण सहित मृगौला र पित्तको समेत समस्या रहेको डा. गौतमले बताए ।

आज मृत्यु भएसँगै रुपन्देहीमा मृतकको संख्या ८० जना पुगेको छ । अस्पतालमा अहिले पनि गम्भीर प्रकृतिका बिरामीहरु बढ्दै गएको कोरोना बिशेष अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ८ : १६ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको