२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

तिलोत्तमा जेसिजको सप्ताहब्यापी कार्यक्रम शुरु



बुटवल । तिलोत्तमा जेसीज सप्ताह २०२० शनिबारदेखि शुरु भएको छ । सप्ताहब्यापी कार्यक्रमको शनिबार मणिग्राम स्थित रामचन्द्र मैनादेवी अनाथ आश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण गरि औपचारिक समुद्घाटन गरिएको छ ।

सप्ताहब्यापी कार्यक्रम अन्तरगत कोरोना सुरक्षा सामग्री, सरसफाई तथा वृक्षारोपण, अन्तरशाखा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितासहित मानसिक स्वस्थ्य विषयमा अन्तरक्रिया लगायत विविध सामाजिक कार्यक्रमका साथै मैत्रीपूर्ण खेलकुद गतिविधि आयोजना गरिने जेसीज वर्ष २०२० का अध्यक्ष जेसी लोक प्रसाद भण्डारीले बताए । कार्यक्रम कार्तिक २८ सम्म चल्ने छ ।

सिनेटर विनोद ढकाल, शाखाका सल्लाहकार सिनेटर यादव भट्टराई, निवर्तमान अध्यक्ष जेसी जयप्रकाश भट्टराईले आश्रमका अध्यक्ष मैनादेवी भण्डारीलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए । आश्रमको आवश्यकता अनुसारका खाद्यान्न सामग्री हस्तान्तरण गरिएको जेसिज शाखाका महासचिव बासुदेव शर्माले बताए ।

यसैगरि जेसीज सप्ताह २०२० अन्तर्गत दोस्रो दिनको मंगलापुरस्थित ट्राफिक प्रहरी कार्यालयमा कोरोना विशेष स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष नारायण न्यौपाने, जेसिजका संस्थापक अध्यक्ष सिनेटर विनोद ढकाल, पूर्व अध्यक्ष एवं शाखा सल्लाहकार सिनेटर यादव भट्टराई, निवर्तमान अध्यक्ष जेसी जय प्रकाश भट्टराई, महासचिव जेसी वासुदेव शर्माले ट्राफिक प्रहरी कार्यालयका सई रुद्र बहादु्र फुँयाललाई खुट्टे सेनिटाईजर मेशिनसहित ११ लिटर सेनिटाईजर, ५ सय पिस सर्जिकल मास्क, १५ पिस फेस शिल्ड हस्तान्तरण गरेका थिए ।

सप्ताहब्यापी कार्यक्रम संयोजनका लागि सन्दिप पौडेल, सपन पौडेल, दिलकुमारी उपाध्याय, प्रथम पराजुली, अरुण खनाल, प्रकाश गौतम, सन्तोष थापालाई जिम्मेवारी दिईएको जेसीज सप्ताहका मूल संयोजक विनित भट्टराईले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ८ : २९ बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु