२० बैशाख २०८१, बिहिबार | May 2, 2024

तिलोत्तमा जेसिजको सप्ताहब्यापी कार्यक्रम शुरु



बुटवल । तिलोत्तमा जेसीज सप्ताह २०२० शनिबारदेखि शुरु भएको छ । सप्ताहब्यापी कार्यक्रमको शनिबार मणिग्राम स्थित रामचन्द्र मैनादेवी अनाथ आश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण गरि औपचारिक समुद्घाटन गरिएको छ ।

सप्ताहब्यापी कार्यक्रम अन्तरगत कोरोना सुरक्षा सामग्री, सरसफाई तथा वृक्षारोपण, अन्तरशाखा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितासहित मानसिक स्वस्थ्य विषयमा अन्तरक्रिया लगायत विविध सामाजिक कार्यक्रमका साथै मैत्रीपूर्ण खेलकुद गतिविधि आयोजना गरिने जेसीज वर्ष २०२० का अध्यक्ष जेसी लोक प्रसाद भण्डारीले बताए । कार्यक्रम कार्तिक २८ सम्म चल्ने छ ।

सिनेटर विनोद ढकाल, शाखाका सल्लाहकार सिनेटर यादव भट्टराई, निवर्तमान अध्यक्ष जेसी जयप्रकाश भट्टराईले आश्रमका अध्यक्ष मैनादेवी भण्डारीलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए । आश्रमको आवश्यकता अनुसारका खाद्यान्न सामग्री हस्तान्तरण गरिएको जेसिज शाखाका महासचिव बासुदेव शर्माले बताए ।

यसैगरि जेसीज सप्ताह २०२० अन्तर्गत दोस्रो दिनको मंगलापुरस्थित ट्राफिक प्रहरी कार्यालयमा कोरोना विशेष स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष नारायण न्यौपाने, जेसिजका संस्थापक अध्यक्ष सिनेटर विनोद ढकाल, पूर्व अध्यक्ष एवं शाखा सल्लाहकार सिनेटर यादव भट्टराई, निवर्तमान अध्यक्ष जेसी जय प्रकाश भट्टराई, महासचिव जेसी वासुदेव शर्माले ट्राफिक प्रहरी कार्यालयका सई रुद्र बहादु्र फुँयाललाई खुट्टे सेनिटाईजर मेशिनसहित ११ लिटर सेनिटाईजर, ५ सय पिस सर्जिकल मास्क, १५ पिस फेस शिल्ड हस्तान्तरण गरेका थिए ।

सप्ताहब्यापी कार्यक्रम संयोजनका लागि सन्दिप पौडेल, सपन पौडेल, दिलकुमारी उपाध्याय, प्रथम पराजुली, अरुण खनाल, प्रकाश गौतम, सन्तोष थापालाई जिम्मेवारी दिईएको जेसीज सप्ताहका मूल संयोजक विनित भट्टराईले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ८ : २९ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा