४ जेष्ठ २०८२, आइतबार | May 19, 2025

रुपन्देहीमा १५ मिनेटको फरकमा २ कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवलको कोरोना बिशेष अस्पतालमा ४५ वर्षीय पुरुषको मृत्यु भएको १५ मिनट भित्र भैरहवाको भिम अस्पतालमा अर्का एक संक्रमितको मृत्यु भएको छ ।

सैनामैनाबाट उपचारकालागि भिम अस्पतालमा भर्ना भएकी ५६ वर्षीया महिलाको बिहान ६ः२०मा मृत्यु भएको भिम अस्पतालले जनाएको छ । कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएका उनी १९ गते भिम अस्पतालमा भर्ना भएकी थिईन् ।

मधुमेहको समेत समस्यारहकी उनको बिहान ६ः२० मा मृत्यु भएको अस्पतालका सुचना अधिकृत डा. नारायण पोखरेले जानकारी दिए ।

आजै बिहान बुटवल स्थित कोरोना बिशेष अस्पतालमा बुछवल १७ का ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

थप मृत्यु भएसँगै रुपन्देहीमा मृतकको संख्या ८१ जना पुगेको छ । अस्पतालमा अहिले पनि गम्भीर प्रकृतिका बिरामीहरु बढ्दै गएको कोरोना बिशेष अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १० : २७ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म