१२ बैशाख २०८१, बुधबार | April 24, 2024

पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण



गुल्मी । गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण गरिएको छ ।

रेसुङ्गाको पोखरीदेखि यज्ञशाला, सिद्धबाबा मन्दिर, दृश्यावलोकन स्तम्भ हुँदै पादुकानन्दसम्म जान सिँढी निर्माण गरिएको हो ।

पोखरीदेखि यज्ञशालासम्म ६८० मिटर र त्योभन्दा माथि पादुकानन्दसम्म ३०० मिटर गरी कुल ९८० मिटर बाटोमा सिँढी निर्माण गरिएको हो ।

पोखरीदेखि यज्ञशालासम्म जाने सिँढीका लागि मात्रै धुर्कोट वस्तु तथा वाग्लुङको गलकोटबाट रु ७५ लाखको ढुङ्गा ल्याई प्रयोग गरिएको छ ।

यज्ञशालासम्मको सिँढी १२ फुट चौडा रहेको छ भने तीन लाइनको रेलिङ बनाइएको छ । प्रत्येक रेलिङको लाइनमा तीनवटा पाइप रहेको निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

प्रत्येक सिढीँको उचाइ छ इन्च र चौडाइ १४ इन्च रहेको छ । सिँढी बनाएर बचेको रकमबाट गरुणथानको मन्दिर बनाउन लागिएको छ । सिँढीको दुवैतर्फ नाली बनाइएको छ । अब छिट्टै नालीको दुवैपट्टिको किनारमा दृश्यावलोकन स्तम्भसम्म नै फूल र फलफूलका बिरुवा रोप्ने योजना रहेको भण्डारीले बताए ।

सिँढी निर्माण भएसँगै रेसुङ्गा पुग्ने पर्यटकलाई सहज भएको छ । “पहिले पहिले धेरै हिलो हुने गर्दथ्यो, अहिले त सिँढी बनेपछि चिटिक्क भएछ”, छ वर्षपछि रेसुङ्गा घुम्न पुगेकी धुर्कोटकी कमला पोखरेलले भनिन, “अब रेसुङ्गासम्म पुग्ने बाटो पनि पिच हुनुपर्छ ।”

तीन वर्षअघि गुल्मी उद्योग वाणिज्य सङ्घले १७ लाख ५० हजारको लागतमा सिँढी निर्माण कार्य शुरु गरेको थियो ।

त्यसपछि आर्थिक वर्ष ०७५/७६ सम्म लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालयबाट ९५ लाख विनियोजन भयो । गत आवमा पनि ८० लाख रुपैयाँ विनियोजन भएको थियो ।

सरकारी लागत अनुमान अनुसार उक्त सिँढीको कुल लागत दुई करोड ५० लाख हो तर उपभोक्ता समितिमार्फत काम गर्दा कुल एक करोड ९२ लाख ५० हजारमा रुपैयाँमा काम सकिएको निर्माण समितिका सचिव वीरेन्द्र भुसालले जानकारी दिए । -रासस

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १२ : १२ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको