२३ चैत्र २०८२, सोमबार | April 7, 2026

खाद्य सुरक्षामा विशेष ध्यान दिन मन्त्री पौडेलको आग्रह



बुटवल । लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयको आयोजनामा ४० औ खाद्य दिवसको अवसरमा ‘हाम्रो पहलः दिगो कृषि पोसिलो आहार’ भन्ने मुल नाराको साथ अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कृषि विकास निर्देशनालयको प्रमुख निर्देशक याम नारायण देवकोटाको अध्यक्षता र लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेललेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले खाद्य सुरक्षाका लागि सबैको सहकार्य जरुरी रहेको बताइन । किसानहरुको सरकारको रुपमा लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको भन्दै मन्त्री पौडेलले किसानहरुको हरेक समस्याको सामाधान गर्नको लागि आफु जहिले पनि तयार रहेको जनाइन ।

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले प्रदेश सरकारले किसानहरुलाई दिने अनुदान नितिमा परिमार्जन गरेको जानकारी दिए । पौडेलले किसानहरुको उत्पादनको आधारमा मात्रै अनुदान दिने गरी कार्य गरिने बताए ।

कार्यक्रममा प्रदेश सरकारको कृषि विकास रणनीतिक विज्ञ डिलाराम भण्डारीले मानिसहरुले खाद्यान्न उपभोग गर्ने बानीमा विशेष शुधार ल्याउन सकेमा खाद्य सुरक्षामा योगदान दिन सकिने बताए ।

कार्यक्रममा कृषि विकास निर्देशनालयका बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले नेपालमा खाद्यान्न उत्पादन, प्रदेशको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशुपंक्षि विकास महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेल, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख दिपक भट्राई, किसान महासंघ केन्द्रीय सदस्य खड्क बहादुर खड्का, किसानहरु गंगाधर शर्मा, नुर प्रसाद खनाल, नुम कला घिमिरे लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ५ : ४५ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै