१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

खाद्य सुरक्षामा विशेष ध्यान दिन मन्त्री पौडेलको आग्रह



बुटवल । लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयको आयोजनामा ४० औ खाद्य दिवसको अवसरमा ‘हाम्रो पहलः दिगो कृषि पोसिलो आहार’ भन्ने मुल नाराको साथ अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कृषि विकास निर्देशनालयको प्रमुख निर्देशक याम नारायण देवकोटाको अध्यक्षता र लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेललेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले खाद्य सुरक्षाका लागि सबैको सहकार्य जरुरी रहेको बताइन । किसानहरुको सरकारको रुपमा लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको भन्दै मन्त्री पौडेलले किसानहरुको हरेक समस्याको सामाधान गर्नको लागि आफु जहिले पनि तयार रहेको जनाइन ।

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले प्रदेश सरकारले किसानहरुलाई दिने अनुदान नितिमा परिमार्जन गरेको जानकारी दिए । पौडेलले किसानहरुको उत्पादनको आधारमा मात्रै अनुदान दिने गरी कार्य गरिने बताए ।

कार्यक्रममा प्रदेश सरकारको कृषि विकास रणनीतिक विज्ञ डिलाराम भण्डारीले मानिसहरुले खाद्यान्न उपभोग गर्ने बानीमा विशेष शुधार ल्याउन सकेमा खाद्य सुरक्षामा योगदान दिन सकिने बताए ।

कार्यक्रममा कृषि विकास निर्देशनालयका बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले नेपालमा खाद्यान्न उत्पादन, प्रदेशको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशुपंक्षि विकास महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेल, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख दिपक भट्राई, किसान महासंघ केन्द्रीय सदस्य खड्क बहादुर खड्का, किसानहरु गंगाधर शर्मा, नुर प्रसाद खनाल, नुम कला घिमिरे लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ५ : ४५ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका