९ माघ २०८१, बुधबार | January 23, 2025

बाँकेमा रातपरेपछि कोरोना संक्रमितको धमाधम मृत्यु, आजमात्र ३ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा उपचार गर्न बाहिरी जिल्लाबाट आएका कोरोना संक्रमितको मृत्यु हुने क्रम जारी रहेको छ । मध्यान्ह बर्दिया ठाकुरद्धाराका २९ वर्षीय युवाको मृत्यु पछि कोरोना पुष्टि भएसँगै रात छिप्पिँदै जाँदा २ जना थप कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार राती ८ः१५ बजे बर्दिया बाँसगढी नगरपालिका ८ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ भने राती ९ः०९बजे दाङका ६४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

बर्दिया बाँसगढीका ती पुरुष आइतबार साँझ वेष्टर्न अस्पताल नेपालगन्ज भर्ना भएकोमा कोरोनाको लक्षण देखिएपछि उनको स्वाव संकलन गरिएको थियो । आज साँझ ५ बजे मात्र उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रि आइसोलेसन वार्डमा भर्ना भएका उनलाई अक्सिजन, एन्टिबायोटिक लगायतको बिधिबाट उपचार गर्दा पनि बचाउन नसकिएको ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

त्यसैगरि आजै दाङ घोराही उपमहानगरपालिका १५ का ६४ वर्षीय पुरुषको पनि भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ । २३ गते भेरी अस्पतालमा भर्ना भएका उनको आज सोमबार बिहान स्वाव संकलन गरिएकोमा उनको मृत्यु भएको १ घण्टा पछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको आज सोमबार राती ९ः०९ बजे मृत्यु भएको थियो ।

बाँकेमा बाहिरी जिल्लाबाट उपचारकालागि ल्याईएका ३२ जना कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १० : ५५ बजे

एकीकृत खानेपानी आयोजना कार्यान्वयन मोडालिटी तयारीसम्बन्धी छलफल

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव तथा एसियाली विकास बैंक (एडिबी)

सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने एक

कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा

बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५

अध्यादेशको प्रतिरक्षामा एमाले संसदीय दल

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलले सरकारले ल्याएको छ वटा

राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन : सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई नकारात्मक प्रभाव