२८ चैत्र २०८२, शनिबार | April 12, 2026

विहार चुनाव मतगणना : ३२ वर्षीय तेजस्वी यादवको तेजस्वी रफ्तार



काठमाडौं । भारतको बिहारको विधानसभा निर्वाचनका लागि भएको चुनावको मतगणना सुरु भएको छ ।

नेपालसँग सीमा जोडिएको भारतको बिहारमा भैरहेको मतगणनामा युवा नेता तेजस्वी यादव नेतृत्वको महागठबन्धन अघि देखिएको छ ।

नेपाली समयअनुसार बिहान ८ः१५ बजेबाट मतगणना सुरु भएको छ । सुरुवाती रुझानले सत्तारुढ एनडीए गठबन्धनलाई पछि पार्दै तेजस्वीको महागठबन्धन अघि देखाएको छ ।

मतगणनाको नतिजा यसैअनुसार अघि बढे १५ वर्षसम्म सत्ता सम्हालेका नितिश कुमार र भारतीय जनता पार्टी बीजेपीको एनडीएलाई यसपटक बिहारका जनताले विपक्षमा पुर्याइदिनेछन् ।

पूर्वमुख्यमन्त्री लालु यादवका ३२ वर्षीय छोरा तेजस्वी यादव नेतृत्वको महागठबन्धनमा भारतीय राष्ट्रिय काँग्रेस, वामपन्थी दलहरु र अन्य साना पार्टी रहेका छन् ।

सन् २०१५ को निर्वाचनमा तेजस्वी र नितिश कुमार बीजेपी विरुद्ध महागठबन्धन बनाएर निर्वाचनमा विजयी भएपनि पछि नितिशले आफ्नो पूर्व गठबन्धन समुह एनडीएमै प्रवेश गरेर तेजस्वीलाई सरकारबाट हटाएका थिए ।

कोरोना भाइरसको महामारीका बीच भएको विहारको निर्वाचनमा मतदाताले बीजेपीको उग्रराष्ट्रवाद र नितिश कुमारको सत्तासञ्चालन प्रवृत्तिलाई अस्वीकार गरे जस्तो देखिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ९ : ०६ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख