२० मंसिर २०८२, शनिबार | December 6, 2025

विहार चुनाव मतगणना : ३२ वर्षीय तेजस्वी यादवको तेजस्वी रफ्तार



काठमाडौं । भारतको बिहारको विधानसभा निर्वाचनका लागि भएको चुनावको मतगणना सुरु भएको छ ।

नेपालसँग सीमा जोडिएको भारतको बिहारमा भैरहेको मतगणनामा युवा नेता तेजस्वी यादव नेतृत्वको महागठबन्धन अघि देखिएको छ ।

नेपाली समयअनुसार बिहान ८ः१५ बजेबाट मतगणना सुरु भएको छ । सुरुवाती रुझानले सत्तारुढ एनडीए गठबन्धनलाई पछि पार्दै तेजस्वीको महागठबन्धन अघि देखाएको छ ।

मतगणनाको नतिजा यसैअनुसार अघि बढे १५ वर्षसम्म सत्ता सम्हालेका नितिश कुमार र भारतीय जनता पार्टी बीजेपीको एनडीएलाई यसपटक बिहारका जनताले विपक्षमा पुर्याइदिनेछन् ।

पूर्वमुख्यमन्त्री लालु यादवका ३२ वर्षीय छोरा तेजस्वी यादव नेतृत्वको महागठबन्धनमा भारतीय राष्ट्रिय काँग्रेस, वामपन्थी दलहरु र अन्य साना पार्टी रहेका छन् ।

सन् २०१५ को निर्वाचनमा तेजस्वी र नितिश कुमार बीजेपी विरुद्ध महागठबन्धन बनाएर निर्वाचनमा विजयी भएपनि पछि नितिशले आफ्नो पूर्व गठबन्धन समुह एनडीएमै प्रवेश गरेर तेजस्वीलाई सरकारबाट हटाएका थिए ।

कोरोना भाइरसको महामारीका बीच भएको विहारको निर्वाचनमा मतदाताले बीजेपीको उग्रराष्ट्रवाद र नितिश कुमारको सत्तासञ्चालन प्रवृत्तिलाई अस्वीकार गरे जस्तो देखिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ९ : ०६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय