९ असार २०८३, मंगलबार | June 24, 2026

विभेद उन्मुलसम्बन्धी राष्ट्रसंघीय निकायमा वन्दना राणा पुनः निर्वाचित



महिला विरुद्ध संयुक्त राष्ट्रसंघको विभेद उन्मुलन कमिटिमा नेपालकी वन्दना राणा पुनः निर्वाचित भएकी छिन् ।

महिला विरुद्ध हुने सबै प्रकारको विभेद अन्त्य गर्ने महासन्धि कार्यान्वयनको अनुगमन गर्न विज्ञहरु संलग्न समिति (सिड)का लागि राणा दोस्रो पटक उम्मेदवार बनेकी थिइन ।

न्युयोर्कमा सम्पन्न निर्वाचनमा राणाले १३७ मत ल्याएकी छिन्् । उनीसहित ११ जना उम्मेदवार निर्वाचित भएका छन् । १९ जना उम्मेदवार रहेकोमा सबैभन्दा धेरै मत राणाले नै प्राप्त गरेकी छिन् ।

राणासँगै नेदरल्याण्ड, बहामस, लिथुआनिया, घाना, अष्ट्रेलिया, मेक्सिको, लेबनान, फ्रान्स, फिलिपिन्स र चीनका विज्ञहरु पनि निर्वाचित भएका छन् ।

नयाँ कार्यकाल सन् २०२१ देखि २०२४ सम्म हुनेछ । राना उक्त कमिटीमा काम गर्ने पहिलो नेपाली हुन् ।

बन्दना राणा अहिले महिला विद्धको विभेद उन्मुलन कमिटीमा भाइस चियर समेत छिन् । उनीसँग लैंगिक समानता र महिला अधिकारका क्षेत्रमा काम गरेको झण्डै तीनदशक लामो अनुभव रहेको छ ।

राष्ट्रसंघ न्युयोर्कका लागि नेपाली राजदूत अमृतबहादुर राईले नेपालका तर्फबाट उम्मेदबारी दिएकी राणाको क्षमतामा विश्वास गरेर निर्वाचित गरेकोमा सबैलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १ : २० बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३