१७ माघ २०८२, शनिबार | January 31, 2026

विभेद उन्मुलसम्बन्धी राष्ट्रसंघीय निकायमा वन्दना राणा पुनः निर्वाचित



महिला विरुद्ध संयुक्त राष्ट्रसंघको विभेद उन्मुलन कमिटिमा नेपालकी वन्दना राणा पुनः निर्वाचित भएकी छिन् ।

महिला विरुद्ध हुने सबै प्रकारको विभेद अन्त्य गर्ने महासन्धि कार्यान्वयनको अनुगमन गर्न विज्ञहरु संलग्न समिति (सिड)का लागि राणा दोस्रो पटक उम्मेदवार बनेकी थिइन ।

न्युयोर्कमा सम्पन्न निर्वाचनमा राणाले १३७ मत ल्याएकी छिन्् । उनीसहित ११ जना उम्मेदवार निर्वाचित भएका छन् । १९ जना उम्मेदवार रहेकोमा सबैभन्दा धेरै मत राणाले नै प्राप्त गरेकी छिन् ।

राणासँगै नेदरल्याण्ड, बहामस, लिथुआनिया, घाना, अष्ट्रेलिया, मेक्सिको, लेबनान, फ्रान्स, फिलिपिन्स र चीनका विज्ञहरु पनि निर्वाचित भएका छन् ।

नयाँ कार्यकाल सन् २०२१ देखि २०२४ सम्म हुनेछ । राना उक्त कमिटीमा काम गर्ने पहिलो नेपाली हुन् ।

बन्दना राणा अहिले महिला विद्धको विभेद उन्मुलन कमिटीमा भाइस चियर समेत छिन् । उनीसँग लैंगिक समानता र महिला अधिकारका क्षेत्रमा काम गरेको झण्डै तीनदशक लामो अनुभव रहेको छ ।

राष्ट्रसंघ न्युयोर्कका लागि नेपाली राजदूत अमृतबहादुर राईले नेपालका तर्फबाट उम्मेदबारी दिएकी राणाको क्षमतामा विश्वास गरेर निर्वाचित गरेकोमा सबैलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १ : २० बजे

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।