४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोनाले सबै खेलको खेल तालिका प्रभावित



काठमाडौं । कोरोना महामारी नभएको भए अहिले खेलकुदको माहोल निकै उचाईमा हुन्थ्यो । कतार विश्वकप फुटबल छनोट खेलले फुटबलको महौल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुने थियो ।

राष्ट्रिय खेलाडीहरु फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीब्र तयारीमा व्यस्त हुन्थे । तर कोरोनाले वर्षभरीको तालिका प्रभावित गराउँदा खेलाडी देखी पदाधिकारीमा नैराश्यता छाएको छ ।

तय भएका खेलकुद तालिका पनि प्रभावित भएका छन् । फुटबलको विश्वकप छनोट तालिका अन्तिम समयमा आएर स्थगित हुँदा खेलाडीमा निराशा पन देखिएको छ । सरकारले गर्दै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता पनि अन्योलमा परेको छ । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बारे कोभिडका कारण अन्योल भएको र बोर्ड वैठक पछि मात्र थाहा हुने राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालले बताए ।

यस अघि पूर्वाधारको चुनौतिका बाबजुद पनि प्रतियोगिता सञ्चालन गरी समापन भएका उदाहरण छन् । तर पोखराको आयोजनामा पूर्वाधारको समस्या नहुने पनि कोइरालाले बताए । उनले खेलकुद चलायमान बनाउनका लागि खेलाडी देखी सम्बन्धित संघबाट तत्परता देखाउनु पर्ने र सहयोगका लागि परिषद तयारी रहेको जनाए ।

त्यसो त, कोरोना महामारीको बीचमा घरेलु केही चर्चित प्रतियोगिता हुनै पाएनन् । मुखैमा आएको फ्रेन्चाइज क्रिकेट लिए एभेरेष्ट प्रिमियर लिग रोकियो । तालिका रहेको पोखरा प्रिमियर लिग पनि कोरोनाको चपेटामा प-यो । साथै मोफसलमा हुने धेरै गोल्डकप देखी फुटबलका डिभिजन लिगहरुमा कोरोनाको असर देखियो ।

छिटफुट बाहेक एकल देखी युगल सम्मका खेलकुद गतिविधि अझै फर्किन सकेका छैनन् । महामारी मापदण्ड अपनाउँदै खेलमा फर्किने वातावरण खेलाडी देखी खेल सम्बध पदाधिकारीले खोजी रहेका छन् । खेलकुदलाई चलायमान बनाउन पहल भइरहेको उपाध्यक्ष कोइरालाले बताए ।

तय भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल तालिकामा असर देखिँदा खेलाडीमा अहिले नैराश्यता देखिएको छ । ९ महिना भन्दा लामो समय खेलाडी खेलकुद गतिविधिबाट बाहिर रहँदा यस्तो असर देखिएको हो । खेलकुद जीवन हो भन्दै होमिएका खेलाडीमा नकारात्मक असर देखिन थालेको छ ।

सार्वजनिक कार्यक्रममा खेलाडी राष्ट्रका गहना हुन भन्दै अभिव्यत्ति दिने नियामक निकायका पदाधिकारीले अब भने खेलाडीको भविष्यको बारेमा सोच्ने बेला आएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ३ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको