४ बैशाख २०८३, शुक्रबार | April 18, 2026

कोरोनाले सबै खेलको खेल तालिका प्रभावित



काठमाडौं । कोरोना महामारी नभएको भए अहिले खेलकुदको माहोल निकै उचाईमा हुन्थ्यो । कतार विश्वकप फुटबल छनोट खेलले फुटबलको महौल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुने थियो ।

राष्ट्रिय खेलाडीहरु फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीब्र तयारीमा व्यस्त हुन्थे । तर कोरोनाले वर्षभरीको तालिका प्रभावित गराउँदा खेलाडी देखी पदाधिकारीमा नैराश्यता छाएको छ ।

तय भएका खेलकुद तालिका पनि प्रभावित भएका छन् । फुटबलको विश्वकप छनोट तालिका अन्तिम समयमा आएर स्थगित हुँदा खेलाडीमा निराशा पन देखिएको छ । सरकारले गर्दै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता पनि अन्योलमा परेको छ । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बारे कोभिडका कारण अन्योल भएको र बोर्ड वैठक पछि मात्र थाहा हुने राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालले बताए ।

यस अघि पूर्वाधारको चुनौतिका बाबजुद पनि प्रतियोगिता सञ्चालन गरी समापन भएका उदाहरण छन् । तर पोखराको आयोजनामा पूर्वाधारको समस्या नहुने पनि कोइरालाले बताए । उनले खेलकुद चलायमान बनाउनका लागि खेलाडी देखी सम्बन्धित संघबाट तत्परता देखाउनु पर्ने र सहयोगका लागि परिषद तयारी रहेको जनाए ।

त्यसो त, कोरोना महामारीको बीचमा घरेलु केही चर्चित प्रतियोगिता हुनै पाएनन् । मुखैमा आएको फ्रेन्चाइज क्रिकेट लिए एभेरेष्ट प्रिमियर लिग रोकियो । तालिका रहेको पोखरा प्रिमियर लिग पनि कोरोनाको चपेटामा प-यो । साथै मोफसलमा हुने धेरै गोल्डकप देखी फुटबलका डिभिजन लिगहरुमा कोरोनाको असर देखियो ।

छिटफुट बाहेक एकल देखी युगल सम्मका खेलकुद गतिविधि अझै फर्किन सकेका छैनन् । महामारी मापदण्ड अपनाउँदै खेलमा फर्किने वातावरण खेलाडी देखी खेल सम्बध पदाधिकारीले खोजी रहेका छन् । खेलकुदलाई चलायमान बनाउन पहल भइरहेको उपाध्यक्ष कोइरालाले बताए ।

तय भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल तालिकामा असर देखिँदा खेलाडीमा अहिले नैराश्यता देखिएको छ । ९ महिना भन्दा लामो समय खेलाडी खेलकुद गतिविधिबाट बाहिर रहँदा यस्तो असर देखिएको हो । खेलकुद जीवन हो भन्दै होमिएका खेलाडीमा नकारात्मक असर देखिन थालेको छ ।

सार्वजनिक कार्यक्रममा खेलाडी राष्ट्रका गहना हुन भन्दै अभिव्यत्ति दिने नियामक निकायका पदाधिकारीले अब भने खेलाडीको भविष्यको बारेमा सोच्ने बेला आएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ३ : १३ बजे

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ फाइनलमा प्रवेश

नेपालगन्ज । बाँकेको खजुरामा जारी प्रथम खजुरा गोल्डकपको आजको खेलमा

बुटवलमा एकै दिन ४८ ई-रिक्सा चालक कारबाहीमा

बुटवल । बुटवलमा शुक्रबार एकै दिन ४८ जना ई-रिक्सा चालक

गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको आधिकारीकता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारीकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतबाट गगन

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौँ । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा

घोषित आन्दोलनका कार्यक्रबाट पछि हट्यो एमाले

काठमाडौँ । सरकारका विरुद्ध विविन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपा