११ असार २०८३, बिहिबार | June 26, 2026

आईपीएल २०२० : दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बइ इन्डियन्स बन्यो पाँचौं पटक च्याम्पियन



काठमाडाैं । युएइमा जारी १३ औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल २०२०) काे उपाधि डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्सले जितेकाे छ । आईपीएलमा पाँचाैं पटक च्याम्पियन बन्ने क्रममा मुम्बइले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्याे ।

मंगलबार राति सम्पन्न आईपीएलकाे खेलमा दिल्लीले दिएकाे सय ५७ रनकाे लक्ष्य १८.४ ओभरमा पुरा गर्दै उपाधिमा पाँचाै पटक कब्जा जमाएकाे हाे ।

मुम्बइकाे जितमा कप्तान राेहित शर्माले ६८ रनकाे याेगदान दिए । यस्तै, क्वुइन्टाेन डि ककले २०, सूर्यकुमार यादवले १९ रन बनाए । यस्तै, इशन किशनले अविजित ३३ तथा किराेन पाेलार्डले ९ रनकाे पारी खेले ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो ।

खराब सुरुवात गरेको दिल्लीका ऋषभ पन्त र कप्तान श्रेयास आयरले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरेपछि टोलीले सम्मानजनक योगफल बनाएको हो । ३८ बलमा २ छक्का र ४ चौकासहित ५६ रन बनाएका पन्त नाथान कोल्टर नीलको बलमा हार्दिक पाण्ड्याको हातमा क्याच आउट भए । यस्तै आयरले नटआउट ६५ रनको योगदान दिए । ५० बल खेलेका उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए ।

अघिल्लो खेलमा राम्रो खेलेका मर्कूस स्टोइनिस, शिखर धवन र अजिङ्क्य रहाने सस्तैमा आउट भए । स्टोइनिस शून्य रनमा आउट हुँदा धवनले १५ तथा रहानेले दुई रन जोडे । यस्तै, अक्षर पटेलले ९, शिम्रोन हिटमेयरले ५ रन बनाए । मुम्बइका ट्रेन्ट बोल्टले ३, नाथान कोल्टर नीलले २ तथा जयन्त यादवले एक विकेट हात पारे ।

यसअघि आईपीएलमा पाँचौं पटक फाइनल खेलेको मुम्बइले चार पटक उपाधि जितेको थियो भने एक पटक मात्र उपविजेता बनेको थियो । मुम्बइले २०१० मा चेन्नइसँग पराजित हुँदै उपाधि जित्न सकेन भने बाँकी सबै चार वटा फाइनलमा विपक्षीलाई पराजित गर्दै च्याम्पियन बनेको छ । २०१३, २०१५, २०१७ र २०१९ उपाधि उचालेको थियो । दिल्ली भने आईपीएलको फाइनलमा पुग्ने सबैभन्दा पछिल्लो टोली हो ।

विजेता मुम्बइ इन्डयन्सले ट्रफीसँगै नगद १० करोड (भारतीय रुपैयाँ) हात पार्याे भने पराजित दिल्लीले ६.२५ करोड (भारतीय रुपैयाँ) मा चित्त बुझाउन बाध्य भयाे । यस्तै, प्लेअफमा पुग्ने दुई (सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर्स बेङ्गलोर) ले ४.३७५ करोड (भारतीय रुपैयाँ) पाएकाे छ ।

यसैगरी, पर्पल क्याप विजेता कगिसो रबडा (दिल्ली क्यापिटल्स-२९ विकेट) र ओरेन्ज क्याप विजेता लोकेश राहुल (किङ्स इलावेन पञ्जाब-६७० रन) ले समान १०-१० लाख हात पारे ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : २५ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा