११ बैशाख २०८१, मंगलबार | April 23, 2024

विहारमा एनडीएकै सरकार बन्ने, ठूलो पार्टी बने पनि तेजस्वी विपक्षी बेञ्चमै सीमित



भारतको विहार राज्यमा भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडीएकै सरकार बन्ने भएको छ ।

कुल २४३ सिटमध्ये १२५ सिट हासिल गरेपछि एनडीएका लागि फेरि सरकार बनाउन सहजै बाटो खुलेको छ ।

विहारमा पहिलोपटक मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड भन्दा बीजेपी ठूलो पार्टी बनेको छ । यद्यपी, पूर्व समझदारी अनुसार मुख्यमन्त्री भने पुनः नितिश कुमार नै बन्नेछन् । बीजेपीले पहिलो पटक ७४ सिट जितेको छ भने जेडीयू ४३ सिटमा खुम्चिएको छ ।

विपक्षमा सबैभन्दा ठूलो पार्टी बन्न सफल तेजस्वी यादवको आरजेडीसहित काँग्रेस, वामपन्थी र अन्य केही साना दलको महागठबन्धन बन्नेछ । आरजेडीले एक्लै ७५ सिट प्राप्त गरेको छ भने काँग्रेसले १९ र वामपन्थी दलहरुले १५ सिटमा जित हासिल गरेका छन् ।

मंगलबार भएको मतगणनाको सुरुवाती चरणमा तेजस्वी यादवको महागठबन्धन अगाडि देखिए पनि पछि बीजेपी नेतृत्वको एनडीए नै अगाडि गएको थियो ।

एनडीए गठबन्धनमा अहिलेसम्म नितिश कुमारलाई विग ब्रदर भनिने गथ्र्यो । तर, मतपरिणामले नितिशको पार्टीलाई तेस्रो दलमा खुम्चाइदिएको छ ।

एनडीएमा ठूलो पार्टी बन्दा पनि वीजेपीका बिहार अध्यक्ष सुशील मोदीका लागि भने मुख्यमन्त्री पद प्राप्त नहुने भएको छ । वीजेपीले यसअघि नै नितिश कुमारलाई चौंथोपटक मुख्यमन्त्रीका लागि समर्थन दिइसकेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : ०१ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम