१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कक्षा १२ का विद्यार्थीको आन्तरिक मूल्यांकनको नम्वर मंसिर ८ भित्र राष्ट्रिय परीक्षा बोर्डमा पुग्नुपर्ने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आन्तरिक मूल्यांकनको प्राप्ताङ्क मंसिर ८ गतेभित्र परीक्ष नियन्त्रण कार्यालयमा पठाइसक्न निर्देशन दिएको छ ।

बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशित गरी मंसिर ८ गतेभित्र कार्यविधिअनुसार आन्तरिक मूल्यांकन प्राप्ताङ्क बोर्डका सम्बन्धित कार्यालयहरुमा पठाउन निर्देशन दिएको हो ।

विशेष परिस्थितिका कारण यसवर्ष बोर्डले कक्षा १२ का लागि नयाँ कार्यविधि जारी गरेको हो ।  कोरोना भाइरसको महामारीका कारण गत बैशाखमा हुनपर्ने परीक्षा हुन नसकेपछि बोर्डले नयाँ कार्यविधिअनुसार मंसिर ९ गतेदेखि लिखित परीक्षा लिन लागेको छ । विद्यालयहरुले आफ्ना विद्यार्थीको आन्तरिक मूल्यांकन गरी २० प्रतिशतसम्म नम्वर प्रदान गर्ने कार्यविधि रहेको छ ।

आफ्नो सेवा क्षेत्रभित्रका विद्यालयहरूबाट आन्तरिक मूल्याङ्कनको अंक प्राप्त गरी तोकिएको ढाँचामा परीक्षा नियन्त्रण कार्यालयमा पठाउन बोर्डले बोर्डका शाखा तथा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयहरूले समेत निर्देशन दिएको छ ।

यसपटक बोर्डले ४० पूर्णाङ्कको मात्रै परीक्षा लिन लागेको छ । प्रयोगगात्मक विषयको अंक भारलाई यथावत राखि सैद्धान्तिक तर्फको अंक भारलाई शत प्रतिशत मानि सो को ४०, ४० र २० प्रतिशत अंक भार निर्धारण गरिएको छ ।

विद्यार्थीले १०० पूर्णाकमध्ये जम्मा ४० प्रतिशतको मात्रै लिखित परीक्षा दिनेछन् । बाँकी ४० प्रतिशत कक्षा ११ को रिजल्टबाट समावेश हुनेछ भने २० प्रतिशत विद्यार्थीको आन्तरिक मूल्यांकन गरी विद्यालयले नै प्रदान गर्नेछन् ।

यसपटक विद्यार्थीको उत्तर पुस्तिका परीक्षणका लागि एक परीक्षा केन्द्रबाट अर्को स्थानमा पुर्याइने छैन । अर्थात, विद्यार्थीले जुन विद्यालयमा परीक्षा दिएका छन्, सोही विद्यालयका शिक्षकले नै उत्तर पुस्तिका परीक्षण गर्नेछन् । यसको सम्परीक्षण राष्ट्रिय परीक्षा बोर्डले लिनेछ । तर, यदि विद्यालयमा उत्तर पुस्तिका परीक्षणका लागि परीक्षा बोर्डले तोकको योग्यता पुगेका विषय शिक्षक नभएमा बोर्डका सम्बन्धित कार्यालयसँग समन्वय गरी उत्तरपुस्तिका परीक्षण गराइनेछ ।

कोरोना भाइरसको महामारीका बीच हुन लागेको परीक्षा भएका कारण विद्यार्थीलाई केही छुट दिइएको छ । जसअनुसार कोरोना संक्रमण भएको पुष्टि भएका विद्यार्थीले पुनः परीक्ष दिन पाउनेछन् । यसैगरी कोरोनाको शंका लागेका विद्यार्थीलाई विद्यालयमा छुट्टै कक्षा कोठामा राखेर परीक्षा दिन लगाइने कार्यविधि बनाइएको छ ।

परीक्षा केन्द्रमा निरीक्षक खटाईदा सम्बन्धित विषयको विषय शिक्षक भन्दा बाहेकका शिक्षक र कर्मचारी खटाउने कार्यविधिमा उल्लेख गरिएको छ । सम्बन्धित विद्यालयको प्रधानाध्यापक सो विद्यालयको केन्द्रको केन्द्राध्य बन्नेछन् ।

परीक्षाको क्रममा जनस्वास्थ्यका सबै मापदण्ड पुरा गर्ने जनाइएको छ । दुई जना विद्यार्थीबीचको दुरी दुई मिटर तय गरी सिट प्लानिङ हुनेछ । एउटा परीक्षा हलभित्र २० जना विद्यार्थीलाई मात्र राखिनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : ३१ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको