१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

‘जर्जिया’ बन्दैछ बाइडेनको कार्यकाल कमजोर वा बलियो हुने कुराको मुख्य निर्धारक



न्यूयोर्क । अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक उम्मेदबार जो बाइडेनले जितेका छन् । राष्ट्रपतिको चुनावमा जिते पनि अमेरिकाको संसदमा देखिने प्रभावले बाइडेनको कार्यकाल कमजोर वा बलियो हुने कुराको निर्धारण गर्ने भएको छ ।

अमेरिकी संसदको उपल्लो सदन सिनेटमा डेमोक्रेटिक पार्टीको नियन्त्रण कायम नभएको खण्डमा बाइडेनको कार्यकाल कमजोर हुने देखिएको छ ।

। सिनेटमा डेमोक्र्याट्सले नियन्त्रण कायम गर्न नसकेको खण्डमा कैयौं नियुक्तीदेखि बिल पारित गर्दासम्म सिनेटमा रिपब्लिकनको अवरोध खप्नुपर्नेछ ।अहिले पनि सिनेटमा रिपब्लिकनको बहुमत रहेको छ ।

अहिलेसम्मको परिणाम अनुशार सिनेटमा एकसय सिटमध्ये ४८ मा डेमोक्र्याट्स र ४९ मा रिपब्लिकनले जीतेका छन् । अलास्कामा रिपब्लिकनहरुको अग्रता कायम भएको जित्ने लगभग निश्चित नै छ । यसरी हेर्दा अब सबैको ध्यान जर्जिया तिर नै रहेको छ ।

जर्जियाबाट सिनेटका २ सिटमा भएको चुनावमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेका कारण त्यहाँ आगामी जनवरीमा पुन विशेष चुनाव हुने भएको छ ।

किनभने जर्जियाको नियमअनुसार सिनेटरमा निर्वाचित हुनका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउन आवश्यक छ । अब सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदबारबीच जर्जियामा प्रतिस्पर्धा हुनेछन ।

जर्जियाका दुबै सिट डेमोक्र्याट्सले जीतेको खण्डमा सिनेटमा दुबै पार्टीका बराबर सिट हुनेछन् । तर जर्जियाका दुबै सिट जित्न डेमोक्र्याट्सलाई सहज छैन । रिपब्लिकनको पकड रहदै आएको जर्जिया अहिले ब्याटलग्राउण्ड भएको छ ।

विगत १६ बर्ष देखि जर्जियाबाट सिनेटका दुबै सिटहरु रिपब्लिकनले जित्दै आएका छन् । यद्यपी जर्जियामा सिनेटमा कैयन डेमोक्रेटिक उम्मेदबारहरुले जीतेको इतिहास पनि छ । सन् १९९६ मा डेमोक्रेटिक सिनेटर म्याक्स क्लेल्याण्ड र सन् २००० मा डेमोक्रेटिक सिनेटर जेल मिलरले चुनाव जितेका थिए ।

सन् १९८० भन्दा अगाडि १९७७ सम्म जर्जियाबाट सिनेटका दुबै सिटमा डेमोक्रेटिक उम्मेदबारहरुले नै जित्दै आएका थिए । यसपटक जर्जियाले कस्तो अभिमत दिनेछ, त्यो थाहा पाउन भने जनवरीको पहिलो सातासम्म कुर्नुपर्नेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १२ : ५५ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’