४ पुस २०८२, शुक्रबार | December 20, 2025

नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाउन यातायात व्यवसायी, मजदूर र बसपार्कबीच सहमति



काठमाडौ । नेपालको राष्ट्रिय बसपार्कको रुपमा रहेको नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्नेबारे यातायात व्यवसायी, मजदूर र बसपार्कबीच सहमति भएको छ ।

देशमा प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ बसपार्कमा सञ्चालित टिकट बुकिङ काउण्टरलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्नेबारे आज यातायात व्यवसायी, तीनवटै यातायात मजदूर सङ्गठन र नयाँबसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिबीच सहमति भएको हो ।

सहमति पत्रमा ल्होत्से बहुउद्देश्यीयका अध्यक्ष इञ्जिनीयर दिपक कुँवर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्य र तीनवटै ट्रेड युनियनका अध्यक्षले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष कुँवरले सरकारले लिएको नीतिअनुसार नयाँ बसपार्कलाई व्यवस्थित र प्रविधिमैत्री बनाएर अगाडि बढ्न लागेको जानकारी दिए ।

उनले बसपार्क भित्र कार्यरत कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था गरी योग्यताका आधारमा कार्यविभाजन गरी सरकारले तोकेको सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

यस्तै, यातायात संस्थाको पहिचान सहितको सङ्केत बोर्ड राख्ने र दक्ष श्रमिकहरुबाट सेवा प्रदान गर्न आवश्यक व्यवस्था ल्होत्से सहकारीले गर्ने, झैझगडा गर्ने, डर धम्की दिने, कुटपीट गर्ने, बोर्ड च्यात्ने कार्य आगामी दिनमा कोही कसैले नगर्ने सहमति पत्रमा उल्लेख छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष कर्माचार्यले यातायात क्षेत्रको सुधारका लागि उक्त सम्झौता गरिएको जानकारी दिए । नयाँ बसपार्क राष्ट्रिय बसपार्क भएकाले यसलाई व्यवस्थित गर्ने जिम्मा व्यवसायी, मजदूर र ल्होत्सेको भएको उनको भनाइ छ । रासस

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको