९ भदौ २०८३, मंगलबार | August 25, 2026

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता



नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँग टेलिफोन संवाद गरेरे बधाई दिएको जनाएका छन् ।

आफूले दुवै नेतालाई टेलिफोन संवादमा चुनावमा रास्वपाका विजयका लागि बधाई र नयाँ सरकार गठनका लागि शुभकामना दिएको मोदीले जनाएका छन्।

मोदीले एक्समा पोष्ट गरेका छन् ,‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग न्यानो टेलिफोन वार्ता भयो, दुवै नेताहरूलाई उहाँहरूको चुनावी विजय र नेपालको चुनावमा रास्वपाको सानदार सफलताको लागि बधाई दिएँ। आपसी समृद्धि, प्रगति र कल्याणको लागि उहाँहरूसँग काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेँ।’

‘मलाई विश्वास छ– हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्ध नयाँ उचाइमा पुग्नेछ,’ मोदीले उल्लेख गरेका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १० : २९ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै