४ पुस २०८२, शुक्रबार | December 20, 2025

कलंकीमा पार्किङमा राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु



काठमाडौं । काठमाडौंको कलंकीमा आज बिहिबार बिहान पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
दुर्घटनामा बा ५ ख ८८६५ नम्बरको ट्रकमा सवार ३ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । ८८६५ नम्बरको ट्रक कुखुरा बोक्ने ट्रक हो ।
महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराका अनुसार दुर्घटनामा नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामा, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र एकजना अन्यको सहिद मेरोरियर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको डीएसपी बोहराले बताए । दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ७ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको