२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

सचिवालय बैठक बोलाउन अध्यक्ष ओली सहमत, शुक्रबार अपरान्ह ४ बजे बैठक आह्वान



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सचिवालय बैठक बोलाउने या नबोलाउने विषयमा रहेको गलफत्तिको समाधान निस्किएको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बैठक बोलाउन सहमत भएपछि नेकपामा बैठकबारे देखिएको विवाद तत्कालका लागि समाधान हुने देखिएको छ ।

बैठक बोलाउन निरन्तर दबाब दिँदै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताहरुले अध्यक्ष ओलीलाई आज बिहीबारका लागि बैठक बसाल्न पछिल्लो पटक आग्रह गरेका थिए ।

महासचिव विष्णु पौडेलले शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास सचिवालयको बैठक सदस्यहरुलाई जानकारी गराएका छन् । नेकपाको बैठक अध्यक्षद्वय प्रचण्ड र ओलीको सहमतिमा महासचिवले बोलाउने प्राबधान रहेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध आएको अविश्वास प्रस्ताव, भारतीय गुप्तचर संस्थासँग प्रधानमन्त्रीको अपारदर्शी छलफल र मन्त्रिपरिषद् विस्तारको विषयमा नेकपामा गम्भीर विवाद रहेको छ ।

गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनका विषयमा समेत अध्यक्षद्वयबीच मतभेद रहँदै आएको छ ।

विवादका विषयमा बैठक बस्नुपर्ने माग गर्दैआएका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठले पार्टी कार्यालय धुम्बाराहीमा दुई पटक अनौपचारिक बैठक बसिसकेका छन् ।

बैठकका लागि सहमति जनाउन पाँच नेताले ओलीलाई लिखित रुपमा समेत आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ९ : १२ बजे

संविधानको भावना र जनचाहनाबमोजिम काम गर्न राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावना र जनचाहना बमोजिम

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योगमन्त्रीमा सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशका आर्थिक विकासका लागि निजी

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल