१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योगमन्त्रीमा सिफारिस



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको शुक्रबार बैठकले मधेश प्रदेशबाट निर्वाचित सांसदद्वय गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार सप्तरीका रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइनेछ । उता महोत्तरीकी गौरीकुमारी यादवलाई उद्योग मन्त्रीको जिम्मेवारी दिइनेछ ।

सरकारमा रास्वपाको सहभागिता थप सशक्त बनाउने उद्देश्यसहित गरिएको यो निर्णयलाई पार्टीभित्र महत्वपूर्ण मानिएको छ ।

यसअघि दीपक साह श्रीमतीलाई नियुक्ति दिलाएको विवादमा परेर बिहीबार बर्खास्तीमा परेका थिए । उनको स्थानमा अब सप्तरीका रामजी यादवले जिम्मेवारी पाएका छन् ।

उनीहरूले शुक्रबार नै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  २ : २३ बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति