२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

दार्चुलाको मालिकार्जुनमा लिफ्टबाट खानेपानी, स्थानीयवासी उत्साहित



दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ शङ्करपुरको कोटिला र गोरेकाडाका बस्तीमा लिफ्टमार्फत खानेपानी पुर्याइएको छ ।

वर्षौदेखि घण्टौ हिँडेर कुवाको पानी खाइरहेका स्थानीयको लागि पहिलो पटक लिफ्टमार्फत गाउँमा खानेपानी पुर्याइएको हो ।

“कुवाको पानी ल्याउन एकदेखि डेढ घण्टा टाढा हिँड्नुपर्ने बाध्यता थियो, यी दुबै बस्तीलाई । उच्च डाडोमा पानी ल्याउन पनि निकै कठिन थियो । स्थानीयले गाउँमा पानी आउला भनेर सोचका थिएनन्”, स्थानीय कल्यानसिंह धामीले भने, “वर्षौदेखि त्यही कुवाको पानी खायौं, छोरा नातीसम्म पनि यस्तै अवस्था रहन्छ कि भन्ने लागेको थियो, तर त्यस्तो अवस्था फेरियो ।”

आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय सरकारको विशेष समपुरक अनुदान र मालिकार्जुन गाउँपालिकाको सहयोगमा यी दुबै गाउँमा पहिलो पटक लिफ्टमार्फत खानेपानी पुर्याइएपछि पूरै गाउँले खुशी भएका छन् । “गाउँमा यसरी पानी आउँला भन्ने सोचेकै थिएनौं”, सुरेश धामीले भने, “अहिले एक करोड बजेटमार्फत दुवैबस्तीको लागि लिफ्टमार्फत खानेपानी पुगेको छ ।” कोटीला बस्तीमा खानेपानी पुगेपछि बिहीबार परीक्षण समेत गरिएको छ । झण्डै ५५० मिटर तलबाट सोलार लिफ्टमार्फत गाउँमा खानेपानी पुगेको छ ।

यसअघि यहाँका स्थानीयलाई एक गाग्री पानीकै लागि डेढ घण्टासम्म हिँडेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय पुष्पा सामन्तले बताइन । “घरको एक जनाको काम पानी ल्याउनमै ठिक्क हुन्छ”, उनको भनाई थियो “गाईवस्तु र घरको लागि पानी ल्याउन दिनभरी समय बिताउनुपर्छ ।” गाउँमा लिफ्टमार्फत खानेपानी पुगेपछि अहिलेसम्म खानेपानीको लागि भोग्दै आएको सपना पूरा हुने भएको छ । अहिलेसम्म गरेको दुःख अहिले सरकारले पूरा गरिदिएको स्थानीय सामन्तले बताए ।

कोटिलामा २२ घर परिवार तथा गोरेकाडामा २५ घरधुरीमा खानेपानीको धारा पुर्याइएको छ । गोरेकाडा खानेपानीको आज परीक्षण गरिँदै छ । “पहिलो चरणको लिफ्ट खानेपानी परीक्षण सफल भएको छ”, वडा अध्यक्ष प्रेम पन्तले भने, “असम्भव जस्तै मानिने ठाउँमा खानेपानी पुगेको छ ।” स्थानीयको वर्षौदेखि सुद्ध पानी खाने सपना पूरा भएको छ । दुबै बस्तीमा तिहार अगावै खानेपानी पुग्ने भएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १२ : १४ बजे

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश