४ बैशाख २०८१, मंगलबार | April 16, 2024

दार्चुलाको मालिकार्जुनमा लिफ्टबाट खानेपानी, स्थानीयवासी उत्साहित



दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ शङ्करपुरको कोटिला र गोरेकाडाका बस्तीमा लिफ्टमार्फत खानेपानी पुर्याइएको छ ।

वर्षौदेखि घण्टौ हिँडेर कुवाको पानी खाइरहेका स्थानीयको लागि पहिलो पटक लिफ्टमार्फत गाउँमा खानेपानी पुर्याइएको हो ।

“कुवाको पानी ल्याउन एकदेखि डेढ घण्टा टाढा हिँड्नुपर्ने बाध्यता थियो, यी दुबै बस्तीलाई । उच्च डाडोमा पानी ल्याउन पनि निकै कठिन थियो । स्थानीयले गाउँमा पानी आउला भनेर सोचका थिएनन्”, स्थानीय कल्यानसिंह धामीले भने, “वर्षौदेखि त्यही कुवाको पानी खायौं, छोरा नातीसम्म पनि यस्तै अवस्था रहन्छ कि भन्ने लागेको थियो, तर त्यस्तो अवस्था फेरियो ।”

आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय सरकारको विशेष समपुरक अनुदान र मालिकार्जुन गाउँपालिकाको सहयोगमा यी दुबै गाउँमा पहिलो पटक लिफ्टमार्फत खानेपानी पुर्याइएपछि पूरै गाउँले खुशी भएका छन् । “गाउँमा यसरी पानी आउँला भन्ने सोचेकै थिएनौं”, सुरेश धामीले भने, “अहिले एक करोड बजेटमार्फत दुवैबस्तीको लागि लिफ्टमार्फत खानेपानी पुगेको छ ।” कोटीला बस्तीमा खानेपानी पुगेपछि बिहीबार परीक्षण समेत गरिएको छ । झण्डै ५५० मिटर तलबाट सोलार लिफ्टमार्फत गाउँमा खानेपानी पुगेको छ ।

यसअघि यहाँका स्थानीयलाई एक गाग्री पानीकै लागि डेढ घण्टासम्म हिँडेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय पुष्पा सामन्तले बताइन । “घरको एक जनाको काम पानी ल्याउनमै ठिक्क हुन्छ”, उनको भनाई थियो “गाईवस्तु र घरको लागि पानी ल्याउन दिनभरी समय बिताउनुपर्छ ।” गाउँमा लिफ्टमार्फत खानेपानी पुगेपछि अहिलेसम्म खानेपानीको लागि भोग्दै आएको सपना पूरा हुने भएको छ । अहिलेसम्म गरेको दुःख अहिले सरकारले पूरा गरिदिएको स्थानीय सामन्तले बताए ।

कोटिलामा २२ घर परिवार तथा गोरेकाडामा २५ घरधुरीमा खानेपानीको धारा पुर्याइएको छ । गोरेकाडा खानेपानीको आज परीक्षण गरिँदै छ । “पहिलो चरणको लिफ्ट खानेपानी परीक्षण सफल भएको छ”, वडा अध्यक्ष प्रेम पन्तले भने, “असम्भव जस्तै मानिने ठाउँमा खानेपानी पुगेको छ ।” स्थानीयको वर्षौदेखि सुद्ध पानी खाने सपना पूरा भएको छ । दुबै बस्तीमा तिहार अगावै खानेपानी पुग्ने भएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १२ : १४ बजे

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि

२३ किलो चरेस सहित रुकुमका बमबहादुर पुन बर्दियाबाट पक्राउ

बर्दिया । बर्दियाको फुटाहा स्थित नेपाल भारत सीमाको दशगजा नजिकैबाट

आजबाट भैरहवामा माछापुच्छ्रे बैंकले आफ्नै भवनबाट सेवा प्रबाह

बुटवल । माछापुच्छ्रे बैंकले रुपन्देहीको भैरहवामा आफ्नै भवनबाट सेवा दिन

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई बिशेष छुट

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको अवलोकन भ्रमण