२३ चैत्र २०८२, सोमबार | April 6, 2026

कोरोना सङ्क्रमण मुक्त भएको हुम्लामा ४ नयाँ कोरोना सङ्क्रमित भेटिए



हुम्ला । कात्तिक १८ गतेदेखि कोरोना सङ्क्रमण मुक्त भएको हुम्लामा बिहीबार राति चार नयाँ सङ्क्रमित भेटिएका छन् ।

कोरोना लक्षण भएको आशङ्कामा स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको थियो । राति चार जनामा कोरोना पोजेटिभ नतिजा देखाएको हो ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका ५ जना स्थानीयको स्वाब परीक्षण गर्दा एक जना नेगेटिभ अन्य चार जनामा पोजेटिभ देखाएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

पछिल्लो समय ६३, ६०, ३१, र १६ वर्ष उमेर समुहका याल्वाङका स्थानीयमा सङ्क्रमण देखिएको फडेराले बताए । उनीहरुमध्ये तीन जना महिला र एक जना पुरुषमा छन् ।

कोरोना मुक्त भएको यस जिल्लामा पछिल्लो एक हप्तामा ठूला कार्यक्रम, उद्घाटन आमसभालगायत मानिसको भीडभाडसहित कार्यक्रम भएको थियो ।

कोरोना सङ्क्रमणको कुनै प्रवाह नगरी जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले दुई दिन अगाडि मात्रै ठूलो सङ्ख्यामा नागरिकको उपस्थित गराएर कार्यक्रम गरेको थियो ।

हुम्लामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिए पनि परीक्षणका लागि स्वाब सङ्कलन नगर्दा सङ्क्रमित नभेटिएको अगुवाले बताउने गरेका छन् । जिल्लामा पहिलो पटक असोज ३ गते एक जना युवतीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १२ : २१ बजे

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ