५ चैत्र २०८२, बिहिबार | March 19, 2026

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकियो, अर्को बैठक मंसिर ३ गते बस्ने



काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको सचिवालयको बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डहित सचिवालयका ५ नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्रको विषयमा छलफल भएको र त्यसको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डलाई दिएको पत्रको विषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानाकारी दिए ।

साथै उक्त अध्ययनका लागि सचिवालयका सदस्यहरुलाई वितरण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। अर्को बैठक मंसिर ३ गते बस्ने भएको छ ।

यसअघि सचिवालय बैठक बसाल्ने विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नहुँदा बैठक अलपत्र परेको थियो ।

लामो समयपछि ओली समेतको सहमतिमा महासचिव विष्णु पौडेलले आजका लागि बैठक बोलाएका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव र त्यसपछि उत्पन्न परिस्थिति, भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्री ओलीको मध्यरातमा भेट र पमन्त्रिपरिषद् विस्तारपछि नेकपामा आगोमा घ्यु थपेजस्तै विवाद बढेको छ ।

लामो विवाद र आरोप प्रत्यारोपपछि सुरु हुन लागेको बैठकमा नेताहरुको प्रस्तुती कस्तो रहन्छ भन्ने कुरा उत्सुकताको विषय बनेको छ ।

पार्टीभित्र देखापरेको गम्भीर विवादबारे छलफल गर्न भन्दै प्रचण्डसहितका पाँच नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठले बैठक बस्न आग्रह गरेपनि अध्यक्ष ओली तयार नभएपछि नेताहरु आआफ्ना समुहका बैठकमा सीमित भएका थिए ।

तर, अध्यक्ष ओली बैठक बसाल्न तयार नभएपछि गत शनिबार पाँच नेताहरुले ओलीलाई लिखित पत्र बुझाएका थिए । ओलीले पत्रको जवाफमा अध्यक्ष प्रचण्डलाई पाँच पन्ने पत्र पठाउँदै आफै गुटबन्दी गर्दै हिँडेर समस्या सिर्जना गरेको आरोप लगाएका छन् ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ४ : ३३ बजे

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८