२७ मंसिर २०८२, शनिबार | December 13, 2025

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकियो, अर्को बैठक मंसिर ३ गते बस्ने



काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको सचिवालयको बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डहित सचिवालयका ५ नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्रको विषयमा छलफल भएको र त्यसको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डलाई दिएको पत्रको विषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानाकारी दिए ।

साथै उक्त अध्ययनका लागि सचिवालयका सदस्यहरुलाई वितरण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। अर्को बैठक मंसिर ३ गते बस्ने भएको छ ।

यसअघि सचिवालय बैठक बसाल्ने विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नहुँदा बैठक अलपत्र परेको थियो ।

लामो समयपछि ओली समेतको सहमतिमा महासचिव विष्णु पौडेलले आजका लागि बैठक बोलाएका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव र त्यसपछि उत्पन्न परिस्थिति, भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्री ओलीको मध्यरातमा भेट र पमन्त्रिपरिषद् विस्तारपछि नेकपामा आगोमा घ्यु थपेजस्तै विवाद बढेको छ ।

लामो विवाद र आरोप प्रत्यारोपपछि सुरु हुन लागेको बैठकमा नेताहरुको प्रस्तुती कस्तो रहन्छ भन्ने कुरा उत्सुकताको विषय बनेको छ ।

पार्टीभित्र देखापरेको गम्भीर विवादबारे छलफल गर्न भन्दै प्रचण्डसहितका पाँच नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठले बैठक बस्न आग्रह गरेपनि अध्यक्ष ओली तयार नभएपछि नेताहरु आआफ्ना समुहका बैठकमा सीमित भएका थिए ।

तर, अध्यक्ष ओली बैठक बसाल्न तयार नभएपछि गत शनिबार पाँच नेताहरुले ओलीलाई लिखित पत्र बुझाएका थिए । ओलीले पत्रको जवाफमा अध्यक्ष प्रचण्डलाई पाँच पन्ने पत्र पठाउँदै आफै गुटबन्दी गर्दै हिँडेर समस्या सिर्जना गरेको आरोप लगाएका छन् ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ४ : ३३ बजे

११ औ महाधिवेशनमा एमाले अध्यक्षले के के भने ? (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनिर्वाचित सत्ता

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र