२२ बैशाख २०८१, शनिबार | May 4, 2024

मर्दी हिमाल साहसिक पर्यटकीय गन्तव्य



पोखरा । छोटो समयमा आरोहण गर्न सकिने मर्दी हिमाल साहसिक पर्यटन प्रवद्र्धनको महत्वपूर्ण गन्तव्य भएकामा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा भएको ‘मर्दी हिमाल आरोहण’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले पदयात्रासँगै हिमाल आरोहण पर्यटन प्रवद्र्धनको महत्वपूर्ण गन्तव्य भएको बताए ।

अन्तरक्रियामा सन् १९६१ मा पूर्वी मोहोडाबाट आरोहण गरेको पाँच हजार ५८७ मिटरको उचाइमा रहेको मर्दी हिमालको दक्षिणी पश्चिमी मोहोडाबाट आरोहणमा गएको सात सदस्यीय टोलीले पदयात्राका क्रममा देखिएका मानवीय अवस्था, रमणीयस्थल, वन्यजन्तु, चराचुरुङ्गी र आरोहणमा सम्भावना तथा चुनौतीका बारेमा सचित्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव रामकाजी श्रेष्ठले साहसिक पर्यटन प्रवद्र्धनमा मन्त्रालयका तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्का कार्यवाहक अध्यक्ष गोपीबहादुर भट्टराईले सन् १९५० मा मौरिस हर्जोगले नेपालका आठ हजारभन्दा माथि उचाइका आठवटा हिमालमध्ये पहिलो अन्नपूर्ण आरोहणसँगै पोखराको पर्यटन विकास शुरु भएको इतिहास रहेको बताए ।

पदयात्रामार्गमा मोटर बाटो निर्माण कार्यलाई बन्द गरी एडभेन्चर टुरिजमलाई जोगाउनुपर्नेमा जोड दिँदै उहाँले पदयात्रीसँग सङ्कलन गरिने प्रवेश शुल्क स्थानीयको विकास तथा नयाँ गन्तव्यको प्रवद्र्धनमा खर्च गर्नुपर्ने बताए ।

पर्वतीय सङ्ग्रहालय सञ्चालक समितिका सदस्य जीवन सापकोटाले हिमचुचुराहरूको प्रदेश प्रोफाइल बनाउनुपर्ने बताउँदै उहाँले सङ्ग्रहालय परिसरमा फ्रान्स राजदूतावास निर्माण गरेको क्लाइम्बिङवाल जीर्ण भएको कारण भत्काइएको जानकारी दिए । सङ्घका गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले साहसिक पर्यटकको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशको पर्यटन विकासका लागि सम्बन्धित निकायले ध्यान पु¥याउनुको विकल्प नभएको बताए ।

एउटै यात्राबाट कुमारी माछापुच्छ«ेसहित मर्दी, अन्नपूर्ण हिमशृङ्खला, हिमचुली, गङ्गापूर्ण, गन्धर्व चुलीलगायतका आधा दर्जनभन्दा बढी हिमाल नियाँल्ने अवसर मिल्ने भएकाले मर्दी पदयात्रा मार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको आरोहण टोली संयोजक प्रेम गुरुङले जानकारी दिए ।

चार हजार ७८३ मिटरको उचाइमा सागा भ्यू प्वाइन्टमा चार दिन बसेर पनि आरोहण सफल गर्न नसकेको दुःख व्यक्त गर्दै उनले कमजोर चट्टान भएको कारण दिनमा माथिबाट ढुङ्गा निरन्तर झरिरहने हुँदा आरोहण गर्न कठिन भएको बताए ।

आरोहण दलका सदस्य एवम् अन्तर्राष्ट्रिय ट्रेकिङ गाइड जगत तिमिल्सिनाले जोखिम मोलेर भए पनि मर्दी हिमाल आरोहण एवम् यसको प्रचारप्रसार गरी साहसिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्य रहेको बताउँदै नेपालका हिमाल आरोहणमा विदेशी गाइड प्रमाणपत्र पेश गर्नुपर्ने विडम्बनाको अन्त्य हुनुपर्ने बताए ।

दुई पटकसम्म सगरमाथा आरोहण गर्नुभएका खेमलाल गौतमले ४० भाषामा प्रकाशित एवम् ६० करोडभन्दा बढी बिक्री भएको ‘द अन्नपूर्ण’ पुस्तकले नेपाललाई विश्वसामु परिचित गराएको बताउँदै मर्दी हिमाल पदमार्गलाई व्यवस्थित गरिनुपर्नेमा जोड दिए । नेपाल पर्वतारोण गण्डकीका कोषाध्यक्ष विकास गुरुङले पदमार्गसँगै त्यस क्षेत्रमा आवश्यक भौतिक पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ४ : १० बजे

आजको मौसम : कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान