काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आइतबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसबाहेकका मुलुकका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन ।
आइतबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन ।
साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
अहिले बिहान देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको देखिएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया