२३ चैत्र २०८२, सोमबार | April 6, 2026

केकी र रमेश अभिनित ‘माया लाउँ कि नलाउँ भो’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेलले आफ्नो बिल्कुलै नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन ।

प्रेमिल शैलीको यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल गायन सुन्न सकिन्छ । गीतका शब्द चुडामणि पौडेलले लेखेका हुन् भने टिका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन्। रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन ।

म्युजिक भिडियोमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । साथमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको समेत भिडियोमा अभिनय रहेको छ ।

भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन । भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका टिका प्रसाईको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

गीतकार पौडेल लामो समय देखि हलेशी ट्रेड लिङ्क बिर्तामोड मार्फत अटो मोबाईल व्यवसाय क्षेत्रमा संलग्न छन । तिहारको कोशेली स्वरूप सार्वजनिक गरिएको यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ७ : ३८ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको