३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

गाईको पूजा गरी गाईतिहार मनाइयो



काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार गाईको पूजाआजा गरी मनाइएको छ ।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी गाई तिहार मनाइएको हो । हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ ।

यो वर्ष आज नै गोरु तिहार पनि परेको छ । तिथिहरुको घटबढका कारण यो वर्ष गाई र गोरु तिहार एकैदिन परेको छ । हिन्दु धर्मावलम्बिहरुले आज धुमधामका साथ गाईको पूजा गरी गाई तिहार मनाएका छन् ।

गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरिएको सर्वसाधारणहरु बताउँछन् । गाईको दूध, गहुँत, गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको सर्वसाधारणहरुको भनाई छ ।

आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको छ । आज नै तीन बजेटपछि गोरु तिहार मनाईंदैछ ।

आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ११ : ५४ बजे

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी । धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन