७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

अपूर्व गाई प्रेम, गला लगाउनुस त – तपाईंलाई अपार शान्ति मिल्छ



नेपालको राष्ट्रिय जनावर के ? गाई । समस्त हिन्दु धार्मिक समुदायका लागि अति पवित्र जनावर । हिन्दू धर्मावलम्बीहरूले आज गाईको पूजा गरेर गाई तिहार मनाएका छन्। हिन्दु समाजमा वैदिक सनातन कालदेखि गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । हिन्दु समाजले गाईप्रति विशेष भक्ति र श्रद्धा व्यक्त गर्दछ ।

हुन त गाईका विषयमा कतिपय समुदाय र सम्प्रदायका भिन्न दृष्टिकोण छन्, तर नेपालको संविधानले गाईलाई राष्ट्रिय जनावर मानेको छ । त्यसैले गाईको श्रद्धा, सम्मान र संरक्षण गर्नु सबै नागरिकको दायित्व हो ।

गाईको दुध हरेक घरको भान्सामा महत्व सबैलाई जानकारी नै छ । गाईको गोबर र पिसाबसम्मको महत्व आयुर्वेद र प्राकृतिक चिकित्साका लागि त्यत्तिकै महत्व छ । यसैले त गाईलाई पूजिन्छ । गाईं तिहार नै मनाएर गाईप्रति श्रद्धाभाव प्रकट गरिन्छ ।

यो विशेष जनावरको महत्व अब यत्तिमै सीमित छैन । गाईलाई पवित्र मान्ने नेपाल भारतको हिन्दु धर्म बाहुल्य समाजमा हामीले अहिलेसम्म बुझेको यत्ति हो ।

हाम्रा बुआआमालाई गाईसँगको प्रेम र मित्रताबारे थाहा थियो होला । दैनिक गोठालो गर्दा गर्दा गाईसँगको प्रेम अपूर्व थियो । कतिपय गाईपालक किसानका लागि अझै पनि यो प्रेम अपूर्व छ ।

गाईसँग बसेको प्रेम अब व्यवसायिक बन्न पुगेको छ । तर, नेपाल भारतमा हैन, गाईलाई आफु अनुकुल भान्साको भाग बनाउने पश्चिमा समाजसँग । गाईसँग समय बिताउनका लागि पैसा तिर्नुपर्छ । गाईसँग गला मिलाएर टाँसिनका लागि पैसा तिर्नुपर्छ । अर्थात, हाम्रा बा आमाले भकारोमा गाईसँग गाँसेको मित्रताको बौद्धिक अधिकार ९प्याटेन्ट राइट० पश्चिमाहरुले खोसेका छन् । उनीहरुले महत्व थाहा पाए, त्यो मित्रताको बौद्धिक अधिकार हासिल गरे ।

मनको शान्ति

बाख्राको बीचमा बसेर योग गर्नेदेखि घण्टीको आवाजमा सुत्ने । शरीरलाई स्वस्थ्य राख्न विश्वमा नयाँ नयाँ ट्रेण्ड चलिरहेको छ, यतिबेला । यसको खास उद्देश्य त मनको शान्ति प्राप्त गर्नु नै हो ।

नेदरल्याण्डमा आफ्नो शरीरलाई स्वस्थ्य राख्न चल्दै आएको एक परम्परा भने अहिले विश्वमा नयाँ ट्रेण्डकै रुपमा भाइरल भैरहेको छ ।

स्थानीय भाषामा यसलाई ‘काऊ नफÞलेन’ भन्छन् । अर्थात, हामीले साधारण भाषामा बुझ्दा ‘गाईलाई काँध हाल्ने’, ‘गाईसँग गला मिलाउने’ ।

यो परम्परा गाईसँग टाँसिएर बस्दा प्राप्त हुने मनको शान्तिमा आधारित रहेको छ ।

गाईलाई काँध हाल्न चाहने मानिस कुनै गाई फार्ममा पुग्छन् र त्यहाँ रहेको कुनै एक गाईसँग घण्टौंसम्म टाँसिएर बस्छन् ।

 

‘काउ’ थेरापी

गाईको पिठ्युँ थुम्थुम्याउँदै र उसँग बसेर, गला टाँसेर बस्ने । यो सबे काउ थेरापीको एक अंश हो ।

यदि गाईले लुटुपुटु गर्दै तपाईंलाई चाट्छ भने विश्वास गर्नुस कि तपाईंसँग गाईंको विश्वास कति गहिरो रहेछ भनेर ।

गाईको शरीरको तापक्रम, मन्द धड्कन र ठूलो आकारले उसँग टाँसिएर बस्नेहरुलाई मनको शान्तिको आभाष दिलाउँछ ।

यो निकै सुखद अनुभव हुन्छ । यतिमात्रै होइन यी गाईलाई पनि सुखद अनुभव हुन्छ । रमाईलो मान्दै आफ्नो पिठ्युँलाई हल्लाउँदा गाईले पनि सन्तुष्टि प्राप्त गर्छ । गाईसँग टाँसिएर बस्ने, आफ्नो शरीर गाईलाई चटाउने, यी सबै चिकित्सकीय अनुभवका हिस्सा हुन् ।

अक्सिटोसिन हार्मोन

नेदरल्याण्डमा गाई फार्मका एक मालिक भन्छिन्, गाई निश्चितरुपले निकै शान्तिपूर्ण हुन्छन् । उ विना कारण न त कसैसँग लड्न चाहन्छ न त कसैलाई दुःख दिन जान्दछ ।’

उनी भन्छिन्, ‘गला लगाउनका लागि तयार भएका विशेष गाई त अझ निकै शान्तिप्रिय हुन्छन् । जब एक गाई उदास बन्यो भने उ आफु बसेको ठाउँबाट उठेर गैदिन्छ ।’

गाईलाई गला लगाउँदा मानिसको शरीरमा अक्सिटोसिन नामक हार्मोन पैदा हुन्छ । यसबाट उनीहरुलाई निकै आनन्दानुभूति प्राप्त हुने विश्वास गरिएको छ । यो हार्मोन राम्रो सामाजिक सम्पर्कको समयमा बढी निस्कन्छ ।

अक्सिटोसिन हार्मोनले सन्तुष्टिको भावना ल्याउने विश्वास गरिएको छ । जसले तनाब कम गर्छ । साथसाथ मनको शान्तिको आभाष पनि दिलाउँछ ।

 

शान्तिको आभाष

घरपालुवा साना जनावरसँग गला मिलाउँदा जुन अनुभव प्राप्त हुन्छ त्यसभन्दा बढी ठूला जनावरसँग गला मिलाउँदा प्राप्त हुने विश्वास गरिन्छ ।

जस्तो जब कसैले सोफामा बसेर कुनै बिरालो या कुकुरलाई काखमा राख्दा जस्तो महशुस गर्छन्, गाई जस्ता ठूला जनावरसँग टाँसिदा त्यस्तो महशुस अझ बढी हुन्छ ।

करिब एक दशक पहिला नेदरल्याण्ड्सका ग्रामिण भेगमा जनावरसँग समय बिताउने संस्कृतिको सुरुवात भएको थियो ।

अब यो एक ठूलै अभियानको हिस्सा बन्न थालेको छ । यसले आम मानिसलाई प्राकृतिक एवं घरेलु जिन्दगीको नजिक ल्याइरहेको छ ।

अब त रोटरडे, स्वीट्जरल्याण्ड र यहाँसम्मकी अमेरिकाका कैयौं फार्ममा मानिसहरुले गाईलाई गला मिलाएर गाईसँगै बसेर अनुभव हासिल गरिरहेका छन् ।

यो तनाब कम गर्ने एक उत्तम तरिका पनि बन्दै गएको छ । र, गला लगाउने यो अनुभव जनावरका लागि पनि सुखदायक बनेको छ ।

सन् २०१७ मा गरिएको अनुसन्धानअनुसार गाईको गर्धन र पिठ्युँमा मसाज गर्दा उ शान्त हुन्छ । त्यसपछि आरामले पल्टिन्छ र उसको कान पनि तल झर्छ । यो सोध एप्लाइड एनिमल विहेवियर साइन्स जर्नलमा प्रकाशित भएको छ ।

अब यस्तो पनि समय आउनेछ कि तनावबाट पीडित मानिसहरुलाई गाईसँग समय बिताउन चिकित्सकहरुले सिफारिस गर्नेछन् ।

(गाई तिहारको अवसरमा पुन: प्रकाशित)

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : ३२ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा