१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

जीर्ण कमलपोखरीको मर्मत गरिँदै



काठमाडौं । काठमाडौं महानगरपालिका–१ मा पर्ने ऐतिहासिक कमलपोखरी जीर्ण भएको हुँदा संरक्षणका लागि मर्मत भइरहेको छ ।

स्थानीय तहको नेतृत्वमा कमलपोखरी स्पोर्टस क्लबलगायत संस्थाका समन्वयमा मर्मत तथा संरक्षणका काम गरिएको छ ।

कामपा–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले गत असार मसान्तभित्र जीर्णद्धार सक्नुपर्नेमा कोभिड–१९ को महामारीको प्रभावका कारण समय सीमाभित्र काम नसकिएको जानकारी दिए ।

विभिन्न क्लबले केही वर्षदेखि पोखरीमा माछापालन गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएको क्लबले व्यावसायिकरुपमा माछा बिक्री गरी आउने पैसालाई आम्दानीको स्रोत बनाएको छ ।

स्थानीय विकास तथा सामाजिक कार्य सञ्चालन गरेको क्लबले स्थानीय तहमा विभिन्न खेलकूदको विकास गरेको छ ।

लकडाउनको अवधिमा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई विभिन्न खाद्य सामग्री सहयोग गरेको क्लबका अध्यक्ष भीमसेन मैनालीले जानकारी दिए ।

पोखरीको आसपासमा बनेका ठूला भवन तथा कार्यालयले त्यसको सौन्दर्यमा कमी आएको छ । पोखरीको नाममा करीब ४० रोपनी क्षेत्रफल रहेको भए पनि विभिन्न समयमा अतिक्रमण भई अहिले १८ रोपनीमा सीमित छ ।

लामो समयसम्म स्थानीय तहको निर्वाचन नभएकाले पोखरीको आवश्यक संरक्षण हुन सकेको थिएन ।

केही वर्ष अगाडि वरवपरबाट बगेर आएको ढल पोखरीमा सङ्कलन भई वरपर दुुर्गन्ध फैलिएपछि स्थानीयवासी र क्लबको समन्वयमा सरसफाइ गरी केही व्यवस्थित बनाइएको स्थानीय समाजसेवी अरुणसिंह केसीले जानकारी दिए ।

क्लबले हालै करीब दुुई लाख बराबरको माछा बिक्री गरेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ३ : ५७ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै