१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

कमलपोखरी अतिक्रमण : जग्गा फिर्ता लिने प्रयास सफल



काठमाडौं । काठमाडौंको कमलपोखरीका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र अतिक्रमित जग्गा फिर्ता लिन साढे तीन दशकअघि थालिएको प्रयास बल्ल सफल हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले कमलपोखरी अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालेको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले कमलपोखरीलाई संरक्षण र सुन्दर राख्ने उद्देश्यका साथ यहाँका संरचना भत्काइएको स्पष्ट पारे ।

अतिक्रमणमा परेको कमलपोखरी जोगाउने प्रयास २०४३ सालमै गुठी संस्थानले सुरु गरेको थियो । संस्थानका प्रवक्ता सरोज थपलियाले भने, “कमलपोखरीको किनार मिचेर बनाएका घरटहरा हटाउने सम्बन्धमा तत्कालीन राजा वीरेन्द्रबाट हुकुम प्रमाङ्गी भएको थियो ।

सोहीअनुसार राजाका प्रमुख सचिव रञ्जनराज खनालले सरकारका मुख्य सचिव कर्णध्वज अधिकारीलाई तीन महिनाभित्र कारबाही सम्पन्न गर्न निर्देशन दिएका थिए । अहिलेसम्म केही भएन । ”

सरकारका तत्कालीन मुख्य सचिव अधिकारीले अवकाश हुनुअघि कमलपोखरीको जग्गा व्यक्तिलाई दर्ता गराउन सहयोग गर्ने कर्मचारीलाई कारबाही गर्न दिएको निर्देशन अहिले पनि गुठी संस्थानसँग सुरक्षित छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ७ : ०८ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै