२२ मंसिर २०८२, सोमबार | December 9, 2025

नेपालगन्जको बिपी चौकस्थित कपास गोदाममा यसवर्ष पनि आगलागी, नियन्त्रणको प्रयास जारी



नेपालगन्ज । नेपालगन्जको बिपी चोकस्थित कपासको गोदाममा यसवर्ष पनि भीषण आगलागी भएको छ ।

बिपि चोकस्थित मोहम्मद हुसेनद्वारा संचालित न्यु स्टार सिरक सप्लायर्सको कपास गोदाममा आगलागी भएको हो ।

राति ८ बजेदेखि लागेको आगो नियन्त्रण गर्न नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज विमानस्थलको गरी दुईवटा दमकल घटनास्थल पुगेका छन् ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको छ ।

आगलागी नियन्त्रणमा सघाउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, नेपाली सेनाका कर्नेल नकुल थापा घटनास्थल उपस्थित भएका छन् ।

बिपी चौकका कपास गोदाममा हरेक वर्ष आगलागी हुने गरेपनि प्रशासनले बिद्युत सर्टको प्रतिबेदन दिँदै आएको छ । घनावस्ती भएको क्षेत्रमा कपासको गोदाम राख्ने र हरेक वर्ष आगलागी हुने गरेपछि स्थानीबासी त्रसीत बनेका छन् ।

आगलागीको मुख्य कारण पत्ता लगाई घटना दोहोरीन नदिन प्रशासनले कदम चाल्न स्थानीयले माग गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १० : ३५ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट