१३ जेष्ठ २०८१, आइतबार | May 27, 2024

आज तिहारको भाइटीका : उत्तम साइत मध्याह्न ११ः३७ बजे, नेवार समुदायको किजापूजा भोलि



काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको  दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

‘भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम छ, भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो,’ उनले भने ।

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

नेपाल सम्बत ११४१ का् तिथि अनुसार भने मंगलबार मात्र किजापूजा परेको छ । बिश्वभर रहेका नेवार समुदायले आज नयाँवर्ष नेपाल सम्बत बनाउने र भोलिमात्र भाईटीका मनाउने निर्णय पञ्चाङ्ग समितिले गरेको छ ।

नेवार समुदायले किजापूजालाई बिशेष महत्वकासाथ पुजा अर्चना गरि मनाउने गर्दछन् । नेवार समुदायमा दाजुभाईहरुको संख्याका आधारमा मण्डप(मण्डेला) बनाउने र त्यसै मण्डपको अगाडी दाजुभाईलाई राखेर पूजा गर्ने प्रचलन रहेको छ ।

यम पञ्चक र पञ्चमहालक्ष्मीको पुजा गर्दे क्रमशः कपडाले बनाईएको बाटी देवस्थानमा बालेपछि भाईहरुको मण्डपमा बाालेर फुल, प्रसाद, फल, बयर, ओखर, कटुस, मरमसला बिभिन्न प्रकारको रोटीका टुक्राहरुको समिश्रण रहेको सामाग्रीले अभिशेक गरेर अक्षेताको टीका, काँचो धागोमा ६ प्रकारको अनाज रहेको जनै(जजङ्का), बिमिरो, अण्डा, सिद्रा, दहि, रक्सीको सुगुन दिएर दाजुभाईको पुजा गरिन्छ ।

मण्डपमा बालिएका दिप जस्को बढी समेय सम्म बल्यो उसको त्यती बढी आयु रहने जनबिश्वास रहँदै आएको छ ।

बालगोपालेश्वर खुला

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ ।

पुनःनिर्माणपछि पहिलोपटक मन्दिर खुला गर्न लागिएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।

यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् डा गोविन्द टण्डनले जानकारी दिए ।

‘विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ’, उनले भने ।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । तीन वर्षअघिको गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ ।

यस वर्ष मङ्सिर २ गते बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउँदै छ । मङ्गलबार पनि किजापूजाका लागि सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ६ : २४ बजे

आईपीएलको उपाधि कोलकाता नाइट राइडर्सलाई

काठमाडौं । भारतको चेन्नाईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को

बाँकेमा रक्तदान गरेर कृष्ण सेन “इच्छुक”को सम्झना गरियो

नेपालगन्ज । कृष्ण सेन “इच्छुक” को २२ औं स्मृती दिवसको अवसरमा

वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौँले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार

त्रुटी सच्याउन समाजवादी प्रेस सङ्गठनको आग्रह

काठमाडौं । समाजवादी प्रेस सङ्गठनले सदस्यता शुद्धीकरणका क्रममा भएका त्रुटी

पोलियोविरुद्धको आइपीभी खोप : राप्तीसोनारीमा ४० प्रतिशतले खोप लगाउँदा खजुरामा १३ प्रतिशतलाई खोप लगाइयो

नेपालगन्ज । बांकेमा आजदेखि पोलियोविरुद्धको आइपीभी खोप अभियान सञ्चालन गरिएको