१३ श्रावण २०८३, बुधबार | July 29, 2026

खुल्लामञ्चमा सर्वसाधारणलाई भाइटीका



काठमाडौं । लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले आज भाइटीकाको दिन सर्वसाधारणहरुलाई टीका लगाइदिएको छ ।

गत वर्षको चैत १४ गतेबाट काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले आज सर्वसाधारणर्लाइ भाइटीका लगाइदिएको हो ।

कोही पनि दाजुभाईको निधार खाली नहोस भनेर खुलामञ्चमै भाइटीका लगाइएको हाम्रो टीम नेपालकी संस्थापक सदस्य कविता पौडेलले बताइन ।

कोरोनाका कारण आफ्नो दिदिबहिनीहरुलाई भेट्न जान नपाएका दाजुभाईहरुलाई आज भाइटीकाको दिन सप्तरंगी टीकासँगै मखमलीको माला र ढाका टोपी लगाइदिएको पनि उनले जनाइन ।

यो वर्ष आफ्ना दिदीबहिनीहरुबाट टाढा भएपनि खुलामञ्चमा हाम्रो टीम नेपालका सदस्यहरुबाट भाइटीका लगाएका सर्वसाधारणहरु खुसी देखिएका छन् ।

लक ाउनपछि निरन्तर खाना खुवाइरहेको सो समूहले दशैंमा पनि सर्वसाधारणहरुलाई टीका र जमरा लगाइदिएको थियो । मंसिर २ गतेबाट भने खुलाञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । काठमाडौं महानगरपालिकाले स्वस्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको हो ।

महानगरपालिकाले व्यवस्थित ठाउँमा खाना खुवाउने व्यवस्थापन गर्न आग्रह गर्दै महानगरपालिकाले सक्दो सहयोग गर्ने बताएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  १ : १६ बजे

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पार्टी

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै

काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले