२९ असार २०८३, सोमबार | July 14, 2026

प्लास्टिकमा बेरिएर शव कुरेर बस्ने मान्छेहरुको फोटो कथा



नेपालगन्ज । धेरै मान्छेहरुले नेपालमा नयाँ वर्ष मनाए, तीज मनाए, दशैं मनाए, तिहार पनि मनाए । चैत्रको ११ गते देखि सुरु भएको लकडाउन र माघ फागुन महिनाको मध्यतिरबाट सुरु भएको कोरोना कहरले आम नागरिकहरुले रिति अनुसार चाडपर्व मनाई रहँदा राष्ट्रका निम्ति खटिने केहि मान्छेहरु [योद्धाहरु] भने अस्पताल र आइसोलेसनबाट कतिबेला लास निस्कन्छ र व्यवस्थापन गर्ने भन्दै कुर्नैमा व्यस्त छन् ।

कोरोनाले धमाधम मानिसको मृत्यु हुन थालेपछि आम नागरिकले घरभित्रै बसेर घरधन्दा, जन्मोत्सव, चाडपर्व मनाई रहँदा अस्पतालमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक र त्यसमा पनि शव व्यवस्थानमा परिचालित सुरक्षाकर्मीको घरमा भने न चाडपर्व आयो, न खुसीयाली र रङ्गरमाईलो नै आयो ।

बिहानै उठ्यो शरीर पुरै ढाकिने प्लास्टिकका कपडा [पीपीई] लगायो अनि संक्रमितको सेवामा लाग्गो ।

कतिपय स्थानमा शव व्यवस्थापनमा स्थानीयले अवरोध समेत पु-याए । झडपको अवस्था आए । तर ती प्लास्टिकले छोपिएका मान्छेहरुलाई कसैको अवरोधले छेकेन । उद्देश्य एउटामात्र मृतकको शव कसरी व्यवस्थापन गर्ने ?

अहँ ! उनीहरुलाई बैशाख १ पनि आएन, राष्ट्रले मनाएको गणतन्त्र दिवस, संविधान दिवस पनि आएन । असार १५, साउने संक्रान्ती, तीज, दशैं, तिहार केहि पनि आएन । उनीहरुको मन र मस्तिस्कमा यतिमात्र छायो आज कसैको लाश व्यवस्थापन गर्न नपरे हुँदो हो ।

बाँकेमा मात्र आजसम्म जिल्ला भित्रको ३६ र जिल्ला बाहिरको ३८ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । अधिकांशको शव बाँकेमा नै व्यवस्थापन गरिएको छ । केहि अपवादमा सम्बन्धित जिल्लामा पठाइएपनि बाँकेबाट व्यवस्थापन टोली पुगेर संक्रमितको शव व्यवस्थापन गरिएको छ ।

कोरोना संक्रमणका कारण ज्यान गएका व्यक्तिको शव आफन्तले समेत छुन र नजिक आउन डराइरहेका बेलामा पनि उनीहरु व्यवस्थापनमा व्यस्तै भए । बाँकेमा उपचारका क्रममा मृत्यु भएका संक्रमितको शव सम्बन्धित जिल्लामा लैजान सम्बन्धित जिल्लाका प्रशासनले रोक लगाएको अवस्थामा पनि प्लास्टिकका कपडाले आफ्नो शरीर छोपेका ती जवानहरु शव ब्यवस्थानका लागि तैनाथ नै देखिन्छन् । बाँकेमा क्रियाशिल शव ब्यवस्थापन टोलि दिन रात नभनी खटिई नै रहेको छ निरन्तर ।

कोरोना कहर नियन्त्रण र व्यवस्थापनमा नमुना बनेको बाँकेमा शव व्यवस्थापनमा कहिले जिल्लाका प्रमुख जिल्ला अधिकारी आफै खटिएको दृष्य देखिन्छ त कहिले सेनाका उच्च अधिकारीहरु शव व्यवस्थापन स्थानमै पुगेर सलामी दिएको देखिन्छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले बनाएको शव व्यवस्थापन टोली २४ सै घण्टा परिचालित छ ।

आज हरेक घरमा दिदी बहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाईरहँदा पनि ती मान्छेहरु शव व्यवस्थापनमै सक्रिय छन् । कञ्चनपुरबाट उपचारका लागि बाँके आएका संक्रमितको मृत्युभएपछि परिवारको अनुरोधमा शव कञ्चनपुर पठाउने तयारी गरिरहेका बेला कञ्चनपुर प्रशासनले शव जिल्ला भित्र्यान नदिने बताएपछि टोली तिहार छाडेर शव व्यवस्थापनमै लागेको छ ।

उपचारमा खटिने चिकित्सकलाई भाडामा बस्न नदिने हाम्रो समाज, संक्रमितको सेवामा खटिएका नर्सिङ स्टाफबाट टाढा भाग्ने समाज र आफन्तकै मलामीमा सहभागी हुन नसक्ने समाजका अगाडि प्लास्टिकका कपडामा बेरिएका मान्छेहरुले गरेको समर्पण र सेवाले उनीहरुप्रति कस्को पो शिर नझुक्ला र ?

सलाम ती योद्धाहरुलाई जसले चाडवाड नभनी कोरोना संक्रमितको शव व्यवस्थापन गर्दैछन् ।

फोटो सौजन्यः नरेश श्रेष्ठ

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  २ : ०० बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस