२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

खप्तडमा हिमपातसँगै चिसो बढ्यो



सुदूरपश्चिम । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ ।

हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो ।

दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् । हिउँ करिब आधा फिट जति परेको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए । उनले भने, ‘खप्तडलगायतका क्षेत्रमा कम्तीमा पनि आधा फिट हिउँ परेको छ, हिमपातका कारण चिसो पनि बढेको छ ।’

हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको उनको भनाइ छ । आउँदो पुस १५ गतेसम्म पर्ने हिउँ खासै नजम्ने तथा असर पनि नगर्ने भएका कारण खप्तड घुम्न आएका पर्यटकलाई हिमपातले कुनै समस्या नपार्ने गरेको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण घुमफिर तथा जताततै हिँडडुलमा स्थानीय प्रशासानले रोक लगाए पनि खप्तड क्षेत्रमा भने निर्वाधरूपमा आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक अवलोकनका लागि आउन थालेको स्थानीय धनबहादुर विष्टले जानकारी दिए ।

गएको वैशाखदेखि कात्तिकसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ । हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् ।

आज बिहान भने खप्तडलगायतका क्षेत्रको मौसम सुधार हुनुका साथै बिहानै घाम लागेको बग्लेकका स्थानीय हर्कबहादुर साउदले जानकारी दिए । रासस

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ८ : ३७ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५