१३ श्रावण २०८३, बुधबार | July 29, 2026

वैदेशिक रोजगारबाट फर्केर किबी खेती



धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् ।

वैदेशिक रोजगारबाट फर्केर गाउँमै किबी खेती शुरु गरेका उनी आफूसँग काम गर्ने आँट र जागर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बन्न सफल भएका छन् ।

अर्काको देशमा जति काम गर्दा पनि आफ्नै गाउँघरको यादले नछाडेपछि उनी विदेशको जागिर छाडेर गाउँ फर्किएका थिए । विदेशमा गरेको कामले सन्तुष्टी नपाएका अधिकारी पाँच वर्षअघिदेखि नीलकण्ठ नगरपालिका-१४ काउलेमा किबी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् ।

तिहारको समयमा मानिसलाई विदेशबाट ल्याएको मसलाको सट्टा गाउँकै पौष्टिक फल किबी हालेर दाजुभाईलाई कोसेली दिन आग्रह गरेका अधिकारीको अहिले अधिकांश समय किबीबारीमा बित्ने गरेको छ ।

विसं २०५८ मा मलेसिया गएका अधिकारी चार वर्ष बसेर नेपाल फर्किएका हुन् । घरमा कपडा पसल समेत छ तर व्यवसाय भन्दा पनि खेतीमा रमाउन चाहने अधिकारी अहिले जिल्लाका चर्चित किबी किसानाको रुपमा चिनिएका छन ।

घर फर्किएपछि आफ्नै गाउँ ठाउँमा केही गरेर आयआर्जन गर्नुपर्छ भन्ने आत्मविश्वासका साथ उनले शुरु गरेको किबीखेती अहिले नमूना कृषि व्यवसायको रुपमा चिनिन थालेको छ । व्यावसायिक रुपमा शुरु गरिएको किबीखेतीले अधिकारीलाई अहिले धेरैले चिन्न थालेका छन् ।

पाँच वर्षअघि तीन सय बोटबाट शुरु गरेको किबी खेतीले अहिले राम्रो उत्पादन दिन थालेको उनको भनाइ छ । यो वर्ष एक हजार ५०० केजी किबी बिक्री गर्ने योजना रहेको अधिकारीले बताए ।

बाँझो जमिनको सदुपयोग गरी शुरु गरिएको किबी शुद्ध अर्गानिक रहेको उनको भनाइ छ । नीलकण्ठ नगरपालिकाको माथिल्लो भागका साथै जिल्लाका अन्य गाउँबस्तीमा पनि व्यावसायिक रुपमा किबी खेती गर्न सकिने अधिकारीले बताए ।

समुद्री सतहबाट एक हजार मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । पौष्टिक हिसाबले फलफूलमध्ये सबैभन्दा धेरै पौष्टिकतत्व भएको फलको रुपमा किबी रहेको छ । किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ ।

एउटै रुखमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ भने प्रतिकिलो रु ४०० देखि रु ६०० सम्ममा सजिलैसँग बिक्री हुने गरेको किसानको भनाइ छ ।

धादिङ जिल्लामा सोयु, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातको किबी खेती गर्ने गरिन्छ । व्यावसायिक रुपमा खेतीको शुरुवात गरे पनि जिल्लामा विशेषज्ञ सेवा नपाउँदा रोग निवारणमा समस्या हुने गरेको अधिकारीको भनाइ छ ।

स्थानीय सरकारले आफूसँग किबी खेतीसम्बन्धी प्राविधिक नभएको जनाएको छ । कृषि ज्ञान केन्द्रले प्राविधिक सेवा दिने भने पनि कुनै पनि कर्मचारी र प्राविधिकलाई यस क्षेत्रमा परिचालन गर्न नसकिएको किसानको गुनासो छ । रासस

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ८ : १० बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन