१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

वैदेशिक रोजगारबाट फर्केर किबी खेती



धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् ।

वैदेशिक रोजगारबाट फर्केर गाउँमै किबी खेती शुरु गरेका उनी आफूसँग काम गर्ने आँट र जागर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बन्न सफल भएका छन् ।

अर्काको देशमा जति काम गर्दा पनि आफ्नै गाउँघरको यादले नछाडेपछि उनी विदेशको जागिर छाडेर गाउँ फर्किएका थिए । विदेशमा गरेको कामले सन्तुष्टी नपाएका अधिकारी पाँच वर्षअघिदेखि नीलकण्ठ नगरपालिका-१४ काउलेमा किबी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् ।

तिहारको समयमा मानिसलाई विदेशबाट ल्याएको मसलाको सट्टा गाउँकै पौष्टिक फल किबी हालेर दाजुभाईलाई कोसेली दिन आग्रह गरेका अधिकारीको अहिले अधिकांश समय किबीबारीमा बित्ने गरेको छ ।

विसं २०५८ मा मलेसिया गएका अधिकारी चार वर्ष बसेर नेपाल फर्किएका हुन् । घरमा कपडा पसल समेत छ तर व्यवसाय भन्दा पनि खेतीमा रमाउन चाहने अधिकारी अहिले जिल्लाका चर्चित किबी किसानाको रुपमा चिनिएका छन ।

घर फर्किएपछि आफ्नै गाउँ ठाउँमा केही गरेर आयआर्जन गर्नुपर्छ भन्ने आत्मविश्वासका साथ उनले शुरु गरेको किबीखेती अहिले नमूना कृषि व्यवसायको रुपमा चिनिन थालेको छ । व्यावसायिक रुपमा शुरु गरिएको किबीखेतीले अधिकारीलाई अहिले धेरैले चिन्न थालेका छन् ।

पाँच वर्षअघि तीन सय बोटबाट शुरु गरेको किबी खेतीले अहिले राम्रो उत्पादन दिन थालेको उनको भनाइ छ । यो वर्ष एक हजार ५०० केजी किबी बिक्री गर्ने योजना रहेको अधिकारीले बताए ।

बाँझो जमिनको सदुपयोग गरी शुरु गरिएको किबी शुद्ध अर्गानिक रहेको उनको भनाइ छ । नीलकण्ठ नगरपालिकाको माथिल्लो भागका साथै जिल्लाका अन्य गाउँबस्तीमा पनि व्यावसायिक रुपमा किबी खेती गर्न सकिने अधिकारीले बताए ।

समुद्री सतहबाट एक हजार मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । पौष्टिक हिसाबले फलफूलमध्ये सबैभन्दा धेरै पौष्टिकतत्व भएको फलको रुपमा किबी रहेको छ । किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ ।

एउटै रुखमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ भने प्रतिकिलो रु ४०० देखि रु ६०० सम्ममा सजिलैसँग बिक्री हुने गरेको किसानको भनाइ छ ।

धादिङ जिल्लामा सोयु, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातको किबी खेती गर्ने गरिन्छ । व्यावसायिक रुपमा खेतीको शुरुवात गरे पनि जिल्लामा विशेषज्ञ सेवा नपाउँदा रोग निवारणमा समस्या हुने गरेको अधिकारीको भनाइ छ ।

स्थानीय सरकारले आफूसँग किबी खेतीसम्बन्धी प्राविधिक नभएको जनाएको छ । कृषि ज्ञान केन्द्रले प्राविधिक सेवा दिने भने पनि कुनै पनि कर्मचारी र प्राविधिकलाई यस क्षेत्रमा परिचालन गर्न नसकिएको किसानको गुनासो छ । रासस

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ८ : १० बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।