काठमाडौं । कोरोना संक्रमणबाट ललितपुरमा एक महिलाको मृत्यु भएको छ ।
संक्रमणबाट किस्ट अस्पताल ग्वार्कोमा बुधबार बिहान ललितपुर महालक्ष्मीस्थानकी ७० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
श्वास प्रश्वासमा समस्या भएपछि उनी गत कात्तिक २७ गते अस्पतालमा भर्ना भएकी थिइन् ।
सोही दिन किस्ट अस्पतालमै स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै कोभिड आईसीयूमा राखेर उनको थप उपचार थालिएको थियो ।
ती महिलाको बुधबार बिहान २ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार उनमा पुरानो दमको समस्यासमेत थियो ।
प्रतिक्रिया