६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

२४ घण्टामा १४४२ जनामा कोरोना संक्रमण पुष्टि, ३५३८ जना संक्रमणमुक्त



काठमाडौं । मंगलबार कोरोना भाइरसका १४ सय ४२ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको नयाँ तथ्यांक अनुसार मंगबार ६ हजार ७३१ पीसीआर परीक्षण गर्दा १४ सय ४२ नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै हालसम्म कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

मंगलबार संक्रमित हुनेको तुलनामा निको हुनेको संख्या धेरै रहेको छ । ३ हजार ५३८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म १२ सय ५९ जनाको मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या ९१० रहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ४ : ३३ बजे

आज विश्व हिमनदी दिवस

काठमाडौं । आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई