२९ माघ २०८१, मंगलबार | February 12, 2025

काभ्रेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु



काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणका कारण आज काभ्रेपलाञ्चोकमा थप दुई पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारार्थ पनौतीका ८७ वर्षीय र बनेपा नगरका ८४ वर्षीय दुई वृद्ध रहेको जिल्लास्थित कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ ।

पोष्टका अनुसार ८७ वर्षीय पुरुष मधुमेह तथा निमोनियाका कारण अस्वस्थ भई कात्तिक २४ गते अस्पतालमा भर्ना हुँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने ८४ वर्षीय पुरुषमा उच्च रक्तचाप तथा मिर्गाैला खराबी भई उपचारार्थ अस्पताल भर्ना हुँदा सोही दिन कात्तिक २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दुवै मृतक पुरुषको दाहसंस्कारका लागि नेपाली सेनाको टोलीले आजै पशुपति आर्यघाट लगेको अस्पताल स्रोतले जनाएको छ ।

योसँगै काभ्रेपलाञ्चोकमा हालसम्म कोरोना सङ्क्रमणबाट १० महिलासहित ३३ जनाको मृत्यु भइसकेको छ । जिल्लामा आजसम्म दुई हजार २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तीमध्ये ७९ प्रतिशत अर्थात् एक हजार ७३४ सङ्क्रमणमुक्त भई घर फर्किएको पोष्टले जनाएको छ । पोष्टका अनुसार सक्रिय सङ्क्रमितमध्ये ३० जना अस्पताल आइसोलेसन र ४१८ जना होम आइसोलेसनमा उपचाररत छन् ।

यसैबीच हाल कोरोना सक्रिय सङ्क्रमितमध्ये ४४ प्रतिशत अर्थात् २१६ जना बनेपा नगरपालिकाका हुन् ।

त्यस्तै धुलिखेल नगरपालिकाका १३६, पनौतीका ४०, पाँचखालका १३, नमोबुद्धका २७, मण्डनदेउपुरका १९ तथा भुम्लु गाउँपालिकाका तीन, रोशीका पाँच, चौँरीदेउरालीका दुई, बेथानचोकका तीन, तेमाल, महाभारत र खानीखोलाका एक/एक सङ्क्रमित रहेका छन् । रासस

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : ०२ बजे

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ

नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर