२ जेष्ठ २०८३, शनिबार | May 17, 2026

काभ्रेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु



काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणका कारण आज काभ्रेपलाञ्चोकमा थप दुई पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारार्थ पनौतीका ८७ वर्षीय र बनेपा नगरका ८४ वर्षीय दुई वृद्ध रहेको जिल्लास्थित कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ ।

पोष्टका अनुसार ८७ वर्षीय पुरुष मधुमेह तथा निमोनियाका कारण अस्वस्थ भई कात्तिक २४ गते अस्पतालमा भर्ना हुँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने ८४ वर्षीय पुरुषमा उच्च रक्तचाप तथा मिर्गाैला खराबी भई उपचारार्थ अस्पताल भर्ना हुँदा सोही दिन कात्तिक २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दुवै मृतक पुरुषको दाहसंस्कारका लागि नेपाली सेनाको टोलीले आजै पशुपति आर्यघाट लगेको अस्पताल स्रोतले जनाएको छ ।

योसँगै काभ्रेपलाञ्चोकमा हालसम्म कोरोना सङ्क्रमणबाट १० महिलासहित ३३ जनाको मृत्यु भइसकेको छ । जिल्लामा आजसम्म दुई हजार २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तीमध्ये ७९ प्रतिशत अर्थात् एक हजार ७३४ सङ्क्रमणमुक्त भई घर फर्किएको पोष्टले जनाएको छ । पोष्टका अनुसार सक्रिय सङ्क्रमितमध्ये ३० जना अस्पताल आइसोलेसन र ४१८ जना होम आइसोलेसनमा उपचाररत छन् ।

यसैबीच हाल कोरोना सक्रिय सङ्क्रमितमध्ये ४४ प्रतिशत अर्थात् २१६ जना बनेपा नगरपालिकाका हुन् ।

त्यस्तै धुलिखेल नगरपालिकाका १३६, पनौतीका ४०, पाँचखालका १३, नमोबुद्धका २७, मण्डनदेउपुरका १९ तथा भुम्लु गाउँपालिकाका तीन, रोशीका पाँच, चौँरीदेउरालीका दुई, बेथानचोकका तीन, तेमाल, महाभारत र खानीखोलाका एक/एक सङ्क्रमित रहेका छन् । रासस

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : ०२ बजे

खजुराबाट जुवातास खेलिरहेका १३ जना पक्राउ

खजुरा । बाँकेको खजुराबाट जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले रङ्गेहात

भैरहवामा ‘सिद्धार्थ फुड एन्ड फन’ हुँदै

भैरहवा । भैरहवामा आगामी जेठ ९ र १० गते ‘सिद्धार्थ

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

नवलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण

भोलीदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस