७ आश्विन २०८३, बुधबार | September 23, 2026

साथीको खोजीमा ३ हजार किलोमिटर यात्रा गरेको त्यो बाघ



‘वाकर’लाई अब भारतमा सबैभन्दा लामो यात्रा गर्ने बाघको रुपमा लिइएको छ । यो बाघले आफ्नो साथीको खोजीमा ३ हजार किलोमिटरको यात्रा पुरा गरेको छ ।

वन्यजन्तु विशेषज्ञहरुले यो पुरुष बाघको नाम ‘वाकर’ राख्दिएका थिए । यो बाघले अब महाराष्ट्रको ज्ञानगंगा क्षेत्रमा आफ्नो घर बनाएको छ ।

साढे ३ सालको यो बाघ गत वर्ष जुनमा महाराष्ट्रको टिपेश्वर आरक्षस्थल (अभयारण्य)मा आफ्नो घर छोडेको थियो । सम्भवतः आफ्नो शिकार, आफ्नो लागि अलग इलाका या एक साथीको तलासमा वाकरले यति लामो सफर तय गरेको हो ।

रेडियो कलर लागेको बाघले महाराष्ट्र र तेलंगानाको सात जिल्लामा ३ हजार किलोमिटर यात्रा गरेको थियो । अब एक निश्चित स्थानमा बस्न थालेको छ । जुन रेडियो कलरको सहयताले बाघलई ट्रयाक गरिएको थियो, त्यसलाई गत अप्रिलमा हटाइसकिएको छ ।

‘वाकर’को शरीमा गत वर्ष फरवरीमा रेडियो कलर लगाइएको थियो । उसले आफ्नो लागि सही स्थान खोज्नका लागि मनसुनी वर्षा सुरु हुनुअघि जंगलमा घुमिरहेको थियो ।

वाकरले ३ हजार किलोमिटर यात्रा सीधा गरेको थिएन । हरेक घण्टा जीपीएसको माध्यमबाट उसको लोकेसन पत्ता लगाउने काम हुन्थ्यो । यसक्रममा वाकरले घुमेको ५ हजार भन्दा बढी स्थानको रेकर्ड गरिएको थियो ।

वाकरको अधिकांश हिस्सा नदीनाला एवं राजमार्गको साथसाथ खेतखलियानमा अघि पछि यात्रा गर्दै गएको ट्रयाक गरिएको थियो ।

२०५ वर्गकिलोमिटरमा फैलिएको ज्ञानगंगा वन्यजन्तु आरक्षमामा निलगाई, बँदेल, हरिण लगायतका जनावरको बसोबास रहेको छ । वन्यजन्तु अधिकारीहरुका अनुसार सो इलाकामा बस्ने वाकर एक मात्रै बाघ बनेको छ ।

यो बाघलाई आफ्नो क्षेत्रको कुनै चिन्ता छैन किनकी यहाँ पर्याप्त शिकार उपलब्ध रहेकोछ । साथी खोज्दाखोज्दा थकित बाघ अब आफ्नो शिकारस्थलको परिपक्कता महशुस गरेर यो ठाउँमा बसेको छ ।

तर पनि वन्यजन्तु अधिकारीहरुले यो नर बाघलाई सम्भोग साथी दिनका लागि मादा बाघ अभयारण्यमा लैजान आवश्यक छ या छैन भन्नेबारे अध्ययन गरिरहेका छन् ।

बाघ एक्लै बस्न सक्ने जनावर होइन । यसैले उसलाई सम्भोग साथीको आवश्यकता पर्दछ । तर यो स्थानमा अर्को बाघलाई लैजाने कुरा सहज निर्णय नहुन सक्छ । किनकी ज्ञानगंगा कुनै ठूलो बासस्थान होइन । यसको चारैतिर खेती हुन्छ । यदि वाकरले यहाँ प्रजनन गर्यो भने बाँकी जनावरमाथि दबाब बढ्नेछ ।

भारत बाघको दुनियाँमा कुल बासस्थानको मात्र २५ प्रतिशत हिस्सा रहेको छ । तर भारतमा विश्वभरका कुल बाघमध्ये ७० प्रतिशत बाघ अर्थात करिब ३ हजार बाघ रहेका छन् ।

विशेषज्ञहरका अनुसार बाघको संख्यामा वृद्धि हुँदै गएको छ । तर बाघको आवास क्षेत्र भने खुम्चिँदै गएको छ । जसका कारण आफ्नो पेट भर्नैका लागि बाघलाई शिकार पाउन मुस्किल हुँदै गएको छ । विशेषज्ञहरुका अनुसार बाघको शिकार सुरक्षाका लागि आफ्नो क्षेत्रमा कम्तिमा ५ सय जनावरको आवश्यकता पर्दछ ।

 

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : १२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११