२९ माघ २०८१, मंगलबार | February 12, 2025

साथीको खोजीमा ३ हजार किलोमिटर यात्रा गरेको त्यो बाघ



‘वाकर’लाई अब भारतमा सबैभन्दा लामो यात्रा गर्ने बाघको रुपमा लिइएको छ । यो बाघले आफ्नो साथीको खोजीमा ३ हजार किलोमिटरको यात्रा पुरा गरेको छ ।

वन्यजन्तु विशेषज्ञहरुले यो पुरुष बाघको नाम ‘वाकर’ राख्दिएका थिए । यो बाघले अब महाराष्ट्रको ज्ञानगंगा क्षेत्रमा आफ्नो घर बनाएको छ ।

साढे ३ सालको यो बाघ गत वर्ष जुनमा महाराष्ट्रको टिपेश्वर आरक्षस्थल (अभयारण्य)मा आफ्नो घर छोडेको थियो । सम्भवतः आफ्नो शिकार, आफ्नो लागि अलग इलाका या एक साथीको तलासमा वाकरले यति लामो सफर तय गरेको हो ।

रेडियो कलर लागेको बाघले महाराष्ट्र र तेलंगानाको सात जिल्लामा ३ हजार किलोमिटर यात्रा गरेको थियो । अब एक निश्चित स्थानमा बस्न थालेको छ । जुन रेडियो कलरको सहयताले बाघलई ट्रयाक गरिएको थियो, त्यसलाई गत अप्रिलमा हटाइसकिएको छ ।

‘वाकर’को शरीमा गत वर्ष फरवरीमा रेडियो कलर लगाइएको थियो । उसले आफ्नो लागि सही स्थान खोज्नका लागि मनसुनी वर्षा सुरु हुनुअघि जंगलमा घुमिरहेको थियो ।

वाकरले ३ हजार किलोमिटर यात्रा सीधा गरेको थिएन । हरेक घण्टा जीपीएसको माध्यमबाट उसको लोकेसन पत्ता लगाउने काम हुन्थ्यो । यसक्रममा वाकरले घुमेको ५ हजार भन्दा बढी स्थानको रेकर्ड गरिएको थियो ।

वाकरको अधिकांश हिस्सा नदीनाला एवं राजमार्गको साथसाथ खेतखलियानमा अघि पछि यात्रा गर्दै गएको ट्रयाक गरिएको थियो ।

२०५ वर्गकिलोमिटरमा फैलिएको ज्ञानगंगा वन्यजन्तु आरक्षमामा निलगाई, बँदेल, हरिण लगायतका जनावरको बसोबास रहेको छ । वन्यजन्तु अधिकारीहरुका अनुसार सो इलाकामा बस्ने वाकर एक मात्रै बाघ बनेको छ ।

यो बाघलाई आफ्नो क्षेत्रको कुनै चिन्ता छैन किनकी यहाँ पर्याप्त शिकार उपलब्ध रहेकोछ । साथी खोज्दाखोज्दा थकित बाघ अब आफ्नो शिकारस्थलको परिपक्कता महशुस गरेर यो ठाउँमा बसेको छ ।

तर पनि वन्यजन्तु अधिकारीहरुले यो नर बाघलाई सम्भोग साथी दिनका लागि मादा बाघ अभयारण्यमा लैजान आवश्यक छ या छैन भन्नेबारे अध्ययन गरिरहेका छन् ।

बाघ एक्लै बस्न सक्ने जनावर होइन । यसैले उसलाई सम्भोग साथीको आवश्यकता पर्दछ । तर यो स्थानमा अर्को बाघलाई लैजाने कुरा सहज निर्णय नहुन सक्छ । किनकी ज्ञानगंगा कुनै ठूलो बासस्थान होइन । यसको चारैतिर खेती हुन्छ । यदि वाकरले यहाँ प्रजनन गर्यो भने बाँकी जनावरमाथि दबाब बढ्नेछ ।

भारत बाघको दुनियाँमा कुल बासस्थानको मात्र २५ प्रतिशत हिस्सा रहेको छ । तर भारतमा विश्वभरका कुल बाघमध्ये ७० प्रतिशत बाघ अर्थात करिब ३ हजार बाघ रहेका छन् ।

विशेषज्ञहरका अनुसार बाघको संख्यामा वृद्धि हुँदै गएको छ । तर बाघको आवास क्षेत्र भने खुम्चिँदै गएको छ । जसका कारण आफ्नो पेट भर्नैका लागि बाघलाई शिकार पाउन मुस्किल हुँदै गएको छ । विशेषज्ञहरुका अनुसार बाघको शिकार सुरक्षाका लागि आफ्नो क्षेत्रमा कम्तिमा ५ सय जनावरको आवश्यकता पर्दछ ।

 

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : १२ बजे

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ

नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर